२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग
अ अ+ अ-

रामपुर (पाल्पा) । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।

हालसम्म रु पन्ध्र लाख ८७ हजार २४९ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार अझैपनि देश तथा विदेशमा बस्ने व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी छ । उहाँ भन्नुभयो, “परिवारको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या परेपछि सहयोग रकम उठाउन थालियो, लामो समयसम्म अस्पतालको बसाइँ पश्चात अहिले बालक घर आएका छन्, रोग पनि निको हुँदै गएको छ ।”  

भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । सहयोग गर्न चहाने व्यक्तिले बालकका आमा लीला रानाको नाममा गरिमा विकास बैंक रामपुर शाखामा रहेको खाता नं. ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरी सहयोग गरिदिनहुन सबैमा अपिल गरिएको छ ।

अस्पतालमा गत चैत २९ गतेदेखि पाँच महिना बढीको समय भर्ना गरी नियमित उपचार पाएपछि बालक रानाको रोग निको हुँदै गएको आमा लीला रानाले बताउनुभयो । सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
 
ब्लड क्यान्सर रोग देखिनु पन्ध्र दिनअघि देब्रे कान दुख्ने समस्या देखियो, त्यसपछि बिस्तारै दाहिने कान दुखेर सताउन थालेपछि रामपुर अस्पतालमा उपचारका निम्ति लगियो । रगत परीक्षणमा खराबी देखिएपछि थप उपचारका निम्ति बुटवलस्थित नर्सिङ होम हस्पिटलमा गत चैत २५ गते पुर्‍याइयो । उपचारको क्रममा नाक, मुखबाट रगत बग्न थालेपछि अस्पतालको सल्लाहअनुसार थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा गत चैत २९ गतेबाट भर्ना गरेर उपचार सुरु गरिएको हो । (रासस)