२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लखनउसँगको अघिल्लो हारको बदला लिने तयारीमा मुम्बई, राहुलको नजर शीर्ष चारमा



अ+ अ-

एजेन्सी । प्लेअफको दौडबाट झण्डै बाहिर रहेको मुम्बई इन्डियन्सलाई आफ्नो हारको सिलसिला तोड्न आईपीएलमा लखनउ सुपर जायन्ट्ससँग आइतबार हुने खेलमा जितको विकल्प छैन ।

मुम्बईले यो सिजन अहिलेसम्म सातवटै खेलमा हार बेहोरेको छ । पाँच पटकको च्याम्पियनका लागि अहिलेसम्म एक जित पनि निकाल्न सकेको छैन । अब कुनै चमत्कारले मात्रै उनलाई प्लेअफमा पुर्याउन सक्नेछ । यस खेलमा लखनउलाई हराएर मुम्बईको टोलीको नजर खाता खोल्नु रहेको छ ।

अर्कोतर्फ लखनउको टोली राम्रो लयमा देखिन्छ । उसले सातमध्ये चार खेल जितेको छ थियो तर अन्तिम खेल रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग १८ रनले पराजित हुन पुग्यो । लखनउले यसअघिको खेलमा मुम्बईलाई १८ रनले हराएको थियो, जसले उनीहरूको मनोबल बढाएको छ ।

मुम्बई इन्डियन्सले राम्रो प्रदर्शन गरेको भएपनि जित निकाल्न भने असफल भएको छ । मुम्बई एक सिजनमा पहिलो सात खेल हार्ने पहिलो टोली समेत बनेको छ ।

मुम्बईको खराब प्रदर्शनको एउटा कारण ओपनर रोहित शर्मा र इशान किशनको खराब फर्म हो । चेन्नई सुपर किंग्सविरुद्ध दुवैले खाता खोल्न सकेनन् । रोहितले प्रतियोगितामा अहिलेसम्म ११४ र इशानले १९१ रन बनाएका छन् । तिलक वर्मा र सूर्यकुमार यादवले केही राम्रा खेल खेलेका छन्, जबकि युवा डेभाल्ड ब्रेभिस पनि केही खेलमा चम्किएका छन् तर उनमा धैर्यताको कमी छ । मिडल अर्डरका सबै ब्याट्सम्यानले मिलेर राम्रो खेल्नुपर्ने दबाब छ । अलराउन्डर किरोन पोलार्डले अहिलेसम्म ९६ रन मात्र बनाएर टोलीको अपेक्षा पूरा गर्न सकेको छैन ।

लखनउले पछिल्ला तीन खेलमध्ये दुईमा हार बेहोरेको छ । यो टोलीले प्रतियोगिताको सुरुवातमा राम्रो खेलेको थियो । गुजरातविरुद्धको पहिलो खेलमा हारपछि लखनउले उत्कृष्ट पुनरागमन गरेपनि त्यसपछि टोलीको प्रदर्शन खस्कँदै गयो । लखनउले पछिल्ला तीन खेलमध्ये दुईमा हार बेहोरेको छ ।लखनउका लागि कप्तान राहुलले उत्कृष्ट ब्याटिङ गरेका छन् । बलिङमा आवेश खानको प्रदर्शन उत्कृष्ट रहेको छ ।

लखनउ सम्भावित – ११
केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), मनिष पाण्डे, मार्कस स्टोइनिस, दीपक हुडा, आयुष बडोनी, क्रुणाल पाण्ड्या, जेसन होल्डर, दुष्मन्थ चमिरा, आवेश खान, रवि बिश्नोई ।

मुम्बई सम्भावित – ११
रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव, तिलक वर्मा, किरोन पोलार्ड, डेनियल साम्स, मुरुगन अश्विन, अश्विनरऋतिक शोकिन, रिले मेरिडिथ, जयदेव उनाडकट, जसप्रित बुमराह।