२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन
अ अ+ अ-

लमजुङ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो ।

जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये एक हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपाङ्गता भएका व्यक्ति र २३ जना एचआइभी सङ्क्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताउनुभयो । जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रमबाट हालसम्म रु ५१ लाख ८६ हजार सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा एक÷एकजना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७०० का दरले शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु एक लाख सम्मको निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भने पाँचभन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हुँदै जाने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधि उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ । उहाँका अनुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै निःशुल्क उपचार सेवा पाउने व्यवस्था छ । 

जिल्लामा चार वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ । हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ । जिल्ला अस्पतालमा हालसम्म ८०६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन् । यीमध्ये ५३४ महिला र २७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उनीहरुले यस अस्पतालबाट औषधिउपचारमा रु १० लाख बराबरको सेवा लिएका छन् । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एवं रातो कार्ड भएका र एचआइभी सङ्क्रमितलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ । त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उहाँको भनाइ छ । (रासस)