२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

शेखर कोइराला विरुद्ध खनिए इन्द्र बानियाँ, “एउटा कर्मचारी नेता बन्न सक्दैन”

शेखर कोइराला विरुद्ध खनिए इन्द्र बानियाँ, “एउटा कर्मचारी नेता बन्न सक्दैन”
अ अ+ अ-

काठमाडौंः

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले बाग्मती प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर आज गरेको ट्वीटले पार्टीभित्र राजनीतिक तरङ्ग ल्याएको छ ।

काँग्रेसको आसन्न महाधिवेशनलाई प्रभावित गर्नेगरी बाग्मती प्रदेशमा इन्द्र बानियाँलाई “अस्थायी” मुख्यमन्त्री बनाउन लागेको दाबी गर्दै डा शेखरले आपत्ति जनाएका थिए । लगत्तै बानियाँले कोइरालाको विचार र भनाईप्रति कडा टिप्पणी गरेका छन् ।

बानियाँले शेखरमाथि “एउटा कर्मचारी नेता बन्न सक्दैन” भन्दै ट्वीट गरेका छन् । उनले भनेका छन्, “‘यो हतास मनस्थितिको उपज हो । कोइराला हुँदैमा कांग्रेसको विरासत पाउने हुँदैन । हतास मनस्थितिको मान्छे कांग्रेसको नेतृत्वमा योग्य छैन । उहाँ काँग्रेसले मुलुक चलाएको हेर्न चाहनुहुन्न, एउटा कर्मचारी नेता बन्न सक्दैन। नेता बन्नका लागि ठूलो छाती चाहिन्छ ।’

शेखरले यसअघि बजारमा आएको हल्लाकै आधारमा बाग्मती प्रदेश सरकारको नेतृत्वका बारेमा अपरिपक्व टिप्पणी गरेका थिए । उनले ट्वीट गर्दै भनेका थिएः “वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ …”

नेपाली काँग्रेसको नेतृत्वमा अढाई महिना सरकार बनाउन माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच सहमति भएको डा शेखरको दाबी छ । यद्यपी यस्तो सरकार बन्ने वा बनाउने तर्फ पार्टीले आधिकारिक रुपमा केही भनेको छैन ।

शेखर कोइरालाले इन्द्र बानियाँको नाम नलिई ट्वीट गरे पनि उक्त ट्वीट पार्टी नेतृत्व र बानियाँतर्फ लक्षित रहेको प्रष्टै छ । डा शेखरले अझ अगाडि भनेका छन्, “यसले काँग्रेस पार्टीलाई कमजोर बनाउँछ । संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्दछु ।”

बानियाँले डा शेखर आफ्ना विरुद्ध लागेको बताएका छन् । यसअघि यस्तै विवादमा पूर्व मन्त्री मोहन बस्नेतले डा शेखरलाई “कर्मचारी” भनेका थिए । आफू स्वास्थ्य मन्त्री हुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा शेखरलाई उपकुलपति नियुक्त गरेको कुरा बस्नेतले बताउँदै आएका छन् । डा शेखर आफूभन्दा जुनियर रहेकाले पार्टीको सभापति हुन योग्य नभएको पनि बस्नेतको दाबी छ ।

बाग्मती प्रदेशमा नेकपा एमाले दल विभाजन भएसँगै अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ । सत्ता गठबन्धनका मुख्य घटकहरुले नयाँ सरकार बनाउने बताए पनि कसको नेतृत्वमा सरकार बन्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको दाबेदार रहेको सार्वजनिक रुपमै घोषणा गरेका थिए ।