२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुङ्ग्यायो सिन्धुलीका स्थानीयतहमा उम्मेदवार



अ+ अ-

काठमाडौं । नेकपा एमालले सिन्धुली जिल्लाको स्थानीय तहका उम्मेदवार तय गरेको छ । एमाले सिन्धुलीले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटा ,दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई उम्मेदबार बनाउने तय गरेको छ ।

यसै गरी तीनपाटन गाउँपालिकाअध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया तामाङ ,फिक्कल गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु बराल र सुनकोशी गाउँपालिका अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारी तय हुनु भएको छ ।