३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने

रसुवा बाढीपीडितलाई बैतडीका  चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
अ+ अ-

काठमाडौं । बैतडीका चार स्थानीय तहले भोटेकोशी बाढीप्रभावित परिवारको राहत तथा उद्धारका लागि नौ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

स्थानीय पाटन, दशरथचन्द नगरपालिका, शिवनाथ र सिगास गाउँपालिकाले बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।

रसुवा बाढी प्रभावितलाई दशरथचन्द नगरपालिकाले रु तीन लाख उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिनुभयो । पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने जनाएको छ ।

नगरप्रमुख गौरीसिंह रावलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार जम्मा गर्ने जानकारी दिनुभयो । त्यस्तै, शिवनाथ गाउँपालिकाले पनि भोटेकोशी बाढीपीडितका लागि रु दुई लाख सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

यस्तै सिगास गाउँपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख र प्रधानमन्त्री राहत कोषमा रु ५० हजार गरी एक लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।