४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन

रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
अ+ अ-

काठमाडौं । रसुवा बाढीपछि हालसम्म सम्पर्कमा नआएका १२ जनाको खोजतलास र पहिचानका लागि झापा जिल्ला प्रहरी कार्यालयले आज विवरण सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा मेचीनगर नगरपालिका–६ का ४२ वर्षीय दीपक खरेल, कनकाई नगरपालिका–३ का ३८ वर्षीय घनश्याम भट्टराई, इलाम स्थायी घर भई झापा बस्दै आएका ३१ वर्षीय विनोद राई, शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय भक्तबहादुर राई छन् ।

त्यस्तै, गौरीगन्ज गाउँपालिका–३ का ३९ वर्षीय चुड्का टुडु, दमक नगरपालिका–१० का २६ वर्षीय सुलाल मुर्मु, गौरीगन्ज गाउँपालिका–३ का २८ वर्षीय केवलनाथ आचार्य, २८ वर्षीय ट्रक चालक नवीन श्रेष्ठ र कनकाई नगरपालिका–२ का ५६ वर्षीय लक्ष्मण गुरुङ, बुद्धशान्ति गाउँपालिका–२ का ३६ वर्षीय राजकुमार दियाली, ३० वर्षीया श्रुति दियाली र चार वर्षीय श्रीराज दियाली सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन भएकामध्ये अधिकांश माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजना, सुरुङ तथा टिमुरे क्षेत्रमा कार्यरत रहेको जानकारी दिइएको छ । आफन्त तथा स्थानीय प्रशासनले उनीहरूका बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूलाई खबर गरिदिन अनुरोध गरेका छन् ।