१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई रु एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।

महासङ्घको आज तम्घासमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।

विपद्को समयमा पत्रकारले सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने भावनाका साथ उक्त सहयोग गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ ।

गुल्मी शाखाले यसअघि कोरोना महामारीका समयमा पनि जिल्लामा अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक अभियान सञ्चालन गरेको थियो