३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
अ+ अ-

काठमाडौँ । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । 

सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा युवराज खरेललाई आज ती सामग्री उपलब्ध गराउनुभएको हो । प्रदान गरिएका सामग्रीमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायत स्वास्थ्य सामग्री रहेका छन् ।  
    
सो सोइसाइटीका अध्यक्ष एवं चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न सङ्घसंस्था एवं अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । 

मेडिकल निर्देशक डा खरेल र उपनिर्देशक डा कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेका अवस्थामा उक्त सोसाइटीमार्फत प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग हो भन्नुभयो । 

विसं २०५५ मा गैरनाफामूलक संस्थाका रुपमा स्थापना भएको यस अस्पताल अहिले एक च्यारिटेबल संस्थाका रुपमा सञ्चालनमा छ । एक सय श्यया रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका बिरामीहरुको उपचार हुने गरेको छ । 

यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकलाई च्यारिटीमार्फत सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राख्नुभयो । (रासस)