२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

संविधान विरोधी गतिविधि परास्त भए : प्रचण्ड

संविधान विरोधी गतिविधि परास्त भए : प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताउनुभएको छ ।

माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको चर्चा गर्दै उहाँले माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको भए पनि आफूहरुले नेपाली जनताका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गर्नुभयो ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गर्नुभयो । पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर जनताका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरुले सशक्त प्रतिवाद गरेको बताउनुभयो ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरुले गरेको बताउनुभयो ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उहाँले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । नेपाली जनताको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उहाँले उल्लेख गर्नुभयो ।

माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष दाहालले आफूले जो जसलाई मन्त्री बनाए उनीहरु नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरु केही नभएको बताउनुभयो । विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुनेगरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा उहाँले गुनासो गर्नुभयो ।  

अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको भन्दै यसको परिवर्तन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको भन्दै त्यसका पक्षमा आफूहरु लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

अखिल (क्रान्तिकारी)का नेतालाई पार्टीको स्थायी समितिमा राख्ने प्रस्ताव आफैँले बुधबारको स्थायी समितिको बैठकमा राखेको र कम्युनिष्ट पार्टीको उत्तराधिकारीसमेत तयार भएको उहाँले बताउनुभयो । उहाँले अब पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत युवालाई सहभागी गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

अहिले देखिएको विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने प्रणालीको विकास युवा तथा विद्यार्थीले नै गर्नुपर्ने उल्लेख गर्दै उहाँले सबैले त्याग गर्दा मात्रै देशमा जनताले खोजेको जस्तो परिवर्तनको अनुभव गर्न सकिने स्थानमा पुर्याउन सकिने स्पष्ट पार्नुभयो ।

पार्टीलाई नयाँ आधारमा अगाडि बनाउने नीति तथा कार्यक्रमसहित आउने र सबैलाई समेटेर लैजाने सङ्कल्पका साथ आउनेलाई पार्टी जिम्मा लगाएर आफूू जान तयार रहेको अध्यक्ष दाहालको भनाइ छ । घाइते, बेपत्ता परिवार तथा शहीद परिवारलाई राहत दिने विषयमा गठबन्धनमा छलफल भएको र साझा कार्यक्रममा समेटिएको उहाँको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा  शहीद तथा बेपत्ता परिवारलाई राहत दिने विषयमा गरिएको निर्णयको माइन्युट नै लुकाइएको भन्दै त्यो माइन्युट खोज्न आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का फ्याक्सन इञ्चार्ज हितमान शाक्यले जहाँ विद्यार्थी त्यहाँ क्रान्तिकारी भन्ने नाराका साथ विद्यार्थीका बीचमा गएर एक नम्बरको सङ्गठन बनाउन निर्देशन दिनुभयो ।