११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर नेप्से परिसूचक दुई अङ्कले बढ्यो डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रधानन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारीलगायत विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो ।

सो अवसरमा महामनिर्देशक डा टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारीरूपमा व्यवस्थापन गरेको र प्राय सबै जसोलाई खोप लगाई सकेकोमा सरकारको प्रशंसा गर्नु भएको थियो । कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको उहाँको भनाइ थियो ।

डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालवालिकालाई खोप सुरु गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायत विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको प्रसंशा गर्नुभएको थियो ।