२५ श्रावण २०८३, सोमबार
,
Latest
गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः मुम्बईको लगातार सातौं हार, धोनीले जिताए चेन्नईलाई



अ+ अ-

एजेन्सी । आईपीएलको ३३ औँ खेलमा चेन्नई सुपरले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।

चेन्नईको यो सिजनको दोस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । चार पटकको च्याम्पियन चेन्नईले मुम्बईले दिएको १५६ रनको लक्ष्य अन्तिम बलमा पछ्यायो ।

धोनीले जयदेव उनाडकटको अन्तिम चार बलमा १६ रन बनाए र टोलीलाई शानदार जित दिलाए । चेन्नईका लागि अम्बाती रायडुले ४० रन बनाए भने महेन्द्र सिंह धोनीले १३ बलमा २८ रन बनाएर अविजित रहे ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सको सुरुवात राम्रो हुन सकेन । ऋतुराज गायकवाड पहिलो बलमा खाता नखोलेर पभिलियन फर्किए । यसपछि ब्याटिङ अर्डरमा पठाइएका मिचेल सान्टनर पनि ९ बलमा ११ रन बनाएर आउट भए । दुवै खेलाडीलाई डेनियल साम्सले आउट गरेका थिए ।

त्यसपछि रोबिन उथप्पा र अम्बाती रायडुले इनिङ्सलाई एकसाथ सम्हाल्दै तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । उथप्पा २५ बलमा ३० रन बनाएर आउट भए । उनलाई जयदेव उनाडकटले आउट गरे । शिवम दुबेले पनि खासै केही गर्न सकेनन् र १४ बलमा १३ रन बनाए । अम्बाती रायुडुले पनि इनिङ्सलाई अगाडि बढाउन सकेनन् र ३५ बलमा ४० रन बनाएर आउट भए । त्यसपछि कप्तान रविन्द्र जडेजा पनि तीन रन मात्र बनाउँदै पभिलियन फर्किए ।

लगातार विकेट गुमाउँदा चेन्नईको टोली दबाबमा देखियो । उसलाई अन्तिम १८ बलमा ४२ रन आवश्यक थियो । यसपछि ड्वेन प्रिटोरियस र धोनीले मिलेर टोलीलाई खेलमा फर्काउने मात्रै होइन जित पनि दिलाए । चेन्नईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो र धोनीले चार बलमा १६ रन बनाएर खेल समाप्त गरे । चेन्नईका लागि अम्बाती रायुडु (४०), रोबिन उथप्पा (३०) र धोनीले १३ बलमा २८ रनमा अविजित रहे । मुम्बईका लागि ड्यानियल साम्सले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईको सुरुवात निकै खराब रह्यो । उसले आफ्नो पहिलो ओभरमा रोहित शर्मा र इशान किशनको विकेट गुमायो । मुकेश चौधरीको डिलिभरीमा दुवै खेलाडी खाता नखोल्दै आउट भएका थिए । डिवाल्ड ब्रेभिसले पनि खासै केही गर्न सकेनन् र सात बलमा चार रन बनाएर मुकेशबाट आउट भए । त्यसपछि सूर्यकुमार यादवले तीव्र गतिमा टोलीको स्कोर अगाडि बढाए । तर उनी पनि २१ बलमा ३२ रन बनाएर आउट भए ।

मुम्बईको ४७ रनको स्कोरमा चार खेलाडी आउट भएका थिए । तिलक वर्मा र ऋतिक शौकीनले ३८ रनको महत्वपूर्ण साझेदारी गरे । ऋतिक २५ बलमा २५ रन बनाएर आउट भए । किरोन पोलार्डले पनि ९ बलमा १४ रन मात्र बनाउँदै आउट भए । तर, मुम्बईका लागि जयदेव उनाडकट र तिलक वर्माले अन्तिम १२ बलमा २९ रन जोडेर १५५ रन बनाएका थिए । तिलक ४३ बलमा ५१ र उनादकटले ९ बलमा १९ रन बनाएर अविजित रहे ।




भर्खरै