२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।

सोमवार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकतावद्ध बनाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने तर्क गर्नुभयो । उहाँले महाधिवेशनलाई स्वच्छ प्रतिष्पर्धाको थलो बनाउनुपर्ने र जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्ने कुरामा आफूहरू प्रस्ट रहेको उल्लेख गर्नुभयो । पार्टीभित्र नयाँ नभई स्थापित विधि र प्रक्रियालाई नै अवलम्वन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेता सिंहले नेपाली काँग्रेसको आन्तरिक एकता मजबुत बनाउनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल