• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

पल प्रकरणः पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्



काठमाडौं । अभिनेता पल शाहसँग सम्बन्धित जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमा दिएको बयान जस्तै आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।

पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल अहिले तनहुँ कारागारमा रहेका छन् ।