२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

अस्पतालको शय्या बढ्यो, बढेन दरबन्दी

अस्पतालको शय्या बढ्यो, बढेन दरबन्दी
अ अ+ अ-

गलकोट । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको तीन वर्ष बितिसक्दा २०औँ पटक गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा सरोकारवाला निकायलाई भेटेर अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नका लागि आग्रह गरिसक्नुभयो । उहाँको आग्रह व्यवस्थापन समितिको कार्यकाल सकिँदासम्मसमेत सुनुवाइ भएन । 

प्रदेशका ११ अस्पतालका व्यवस्थापन समितिको संयोजनसमेत गरिरहनुभएका अध्यक्ष पहाडीले अस्पतालको भौतिक पूर्वाधार तथा उपकरणमा प्रदेशले सहयोग गरे पनि दरबन्दी मिलान हुन नसक्दा समस्या भएको बताउनुभयो ।

“अस्पताललाई शय्या वृद्धि घोषणा नै गरेको दुई बर्ष बित्यो, भौतिक पूर्वाधारका हिसाबले समेत शय्या स्तरवृद्धिमा सेवा सञ्चालन गर्न अस्पताल सक्षम नै छन्, केही उपकरण र केही भौतिक पूर्वाधारसमेत बनिसके”, गण्डकी प्रदेशका अस्पतालका व्यवस्थापन समिति मिलेर गठन गरेको अस्पताल व्यवस्थापन समन्वय समितिका अध्यक्षसमेत रहनुभएका पहाडीले भन्नुभयो, “पूर्वाधार र उपकरणले मात्रै नपुग्दोरहेछ, जनशक्ति अभावले ११ जिल्लाकै अस्पताललाई आजित बनाएको छ, गण्डकी प्रदेशलाई २०औँपटक भन्दासमेत अस्पतालको अध्ययन गरी दरबन्दी थप ९ओएनएम० गर्ने कुरा सुनुवाइ भएन ।”

एघार जिल्लाका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले अस्पतालको शय्या वृद्धि गरे पनि स्वास्थ्यकर्मीको क्षमता नबढाउँदा समस्या भएको भन्दै प्रदेश सरकारलाई गुनासोसमेत गर्दै आएका छन् । धवलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले अस्पतालमा २६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले तीन जनामात्रै दरबन्दीअनुसारका चिकित्सक भएको जानकारी दिनुभयो ।

अस्पतालमा अहिले करारका १२ चिकित्सक कार्यरत छन् । कोरोना महामारीमा २७ भन्दा बढी चिकित्सकले सेवा दिए पनि दरबन्दीअनुसारका चिकित्सक नहुँदा केहीको करार सकिएको र केहीको सरुवा हुँदा अहिले अस्पताल समस्यामा परेको उहाँले बताउनुभयो । अस्पताललाई प्रदेश सरकारले २०० शय्याको अस्पताल बनाउने घोषण गरेर केही उपकरण तथा सामग्रीसमेत पठाइसके पनि ५० शय्याका लागि कायम गरिएका दरबन्दीसमेत खाली हुँदा अस्पताल सञ्चालनमा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । 

प्रदेश सरकारले दुई वर्षअघि नै ११ जिल्ला मध्ये ५० शय्या रहेको सो अस्पताललाई २०० शय्या र १५ शय्याका १० जिल्लाका अस्पतालमध्ये मनाङ तथा मुस्ताङलाई ३० शय्या र अन्य आठ जिल्लाका अस्पताललाई ५० शय्या बनाउने घोषणा गरिसकेको छ । 

प्रदेश सरकारले घोषणा गरेको शय्या वृद्धिपछि उपकरण तथा पूर्वाधारमा केही बजेट पठाए पनि मुख्य कुरा दरबन्दी रहेको भन्दै दरबन्दी बढाएर चिकित्सक खटाउन सकेमात्रै अस्पताल स्तरवृद्धिको अर्थ हुने मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताउनुभयो । 

सबै जिल्ला अस्पतालको एउटै व्यथा चिकित्सक अभाव भएको उहाँले सुनाउनुभयो । सरकारले विसं २०५० देखियता प्रदेशका कुनै पनि सरकारी अस्पतालको दरबन्दी थप गरेको छैन । दरबन्दी थप नहुँदा भौतिक पूर्वाधार र उपकरणले मात्रै बिरामीको सेवा दिन नसकिने डा खनालले गुनासो गर्नुभयो । प्रदेशमै पहिलो कोरोना सङ्क्रमितको उपचार गरेको धवलागिरि अस्पतालमा कोरोना कहरमै स्थापना भएको आइसीयू सेवासमेत दरबन्दी नहुँदा बन्द भएको छ ।

कोरोनाले स्वास्थ्य क्षेत्रको समस्या छर्लङ्ग बाहिर आएको भन्दै प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात तथा सहरी विकासमन्त्री कुमार खड्काले अबको प्राथमिकता स्वास्थ्य क्षेत्र भएको जानकारी दिनुभयो । “११ जिल्लामा एउटा भेन्टिलेटर चलाउन सक्ने जिल्ला बागलुङमात्रै रहेछ, हामी कस्तो स्वास्थ्य सेवा दिइरहेका रहेछौँ भन्ने कोरोनाका कारण बाहिर आएको छ”, प्रवक्ता खड्काले भन्नुभयो, “प्रदेश सरकारले भौतिक पूर्वाधारभन्दा स्वास्थ्यको गुणस्तर वृद्धिका लागि काम गर्ने योजना बनाएको छ, कोरोनापछि स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा छ ।” 

उहाँले दरबन्दीका लागि ऐन नबन्दा समस्या भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले करारमा चिकित्सकसमेत राख्न पाएको खण्डमा अस्पतालमा दिने स्वास्थ्य सेवामा वृद्धि हुने अस्पताल व्यवस्थापन समितिहरूको अनुभव छ । सङ्घीय निजमती सेवा ऐन नबन्दा प्रदेश निजामति ऐन नआएका कारण यो समस्या परेको प्रदेश सरकारले जनाएको छ ।