३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले आजदेखि सातौँ संस्करणको नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ आयोजना गरेको छ । नौ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्रिकेट टोलीको सहभागिता रहने दूतावासले आज एक विज्ञप्ति जारी जनाएको छ ।

कार्यक्रम नेपाली च्यानल ‘एक्शन स्पोर्ट्स’ मा प्रत्यक्ष प्रसारण गरिनेछ। खेलको उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्न दूतावासको पहलको प्रशंसा गर्दै दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए ।

नेपालस्थित पाकिस्तानका राजदूत सैयद हैदर शाहले कोभिडको यस समयमा खेलकुद र बाहिरी गतिविधिको महत्व झनै बढेको बताए । उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने सङ्केत गरेको उल्लेख गर्दै नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए ।