१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 2.57

Humidity: 64

Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोरोनाका कारण दिल्ली–पञ्जाबको खेल पुणेबाट मुम्बई सारियो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ मा कोरोना प्रवेश गरको छ । सोमबार दिल्ली क्यापिटल्सका खेलाडी मिचेल मार्समा कोरोना संक्रमण देखिएको थियो । यसबाहेक टिम फिजियो प्याट्रिक फरहार्ट र टिम डाक्टर साल्वीमा पनि कोरोना पोजेटिभ देखियो ।

जसकारण, बुधबार हुने दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल पहिले पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुने थियो तर अब यो खेल मुम्बईको ब्रेबोर्न स्टेडियममा हुनेछ । बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

दिल्लीको टोली हाल मुम्बईमा छ । सोमबार नै पुणे प्रस्थान गर्ने भनिएको थियो, तर कोरोनाको केस बाहिर आएपछि खेलाडी र स्टाफलाई होटलको कोठामा बस्न निर्देशन दिइएको थियो । यस्तै, सोमबार दुई पटक आरटी–पिसिआर परीक्षण पनि गरिएको छ । पहिलो परीक्षणमा मार्सको रिपोर्ट नेगेटिभ आएको थियो, तर दोस्रो आरटी–पिसिआर परीक्षणमा उनी संक्रमित भेटिएका थिए ।

उनी बाहेक स्पोर्ट्स मसाज थेरापिस्ट चेतन कुमार, टिम डाक्टर अभिजित साल्वी, सोसल मिडिया कन्टेन्ट टिमका सदस्य आकाश माने पनि कोरोना संक्रमित भएका छन् । यी सबै फिजियोहरू १५ अप्रिलमा कोरोना पोजिटिभ भेटिएका प्याट्रिक फरहार्टको सम्पर्कमा आएको बताइएको छ । सोही क्रममा चेतनमा १६ अप्रिलमा संक्रमण देखिएको थियो । मार्ससहित बाँकी १८ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो ।

अप्रिल १६ देखि दिल्ली टोलीका सबै खेलाडी र स्टाफको दैनिक जाँच भइरहेको छ । सबैको आरटी–पीसीआर परीक्षण भइरहेको छ । वैशाख १९ गते भएको चौथो चरणको छानबिनमा बाँकी खेलाडी तथा कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो । अप्रिल २० मा हुने खेलअघि फेरि एकपटक सबै खेलाडी र स्टाफको परिक्षण गरिने छ ।

बीसीसीआईको कोरोना प्रोटोकल अनुसार बायो–बबलमा उपस्थित सबै खेलाडी र स्टाफको हरेक पाँचौं दिन परिक्षण भइरहेको छ । गत वर्ष प्रत्येक तेस्रो दिनमा जाँच हुन्थ्यो । यद्यपी, फ्रेन्चाइजीहरूलाई पनि स्वतन्त्रता दिइएको छ कि यदि उनीहरूले आफ्ना खेलाडीहरूको दैनिक रूपमा परीक्षण गराउन चाहन्छन् भने त्यसो गर्न सक्छन् । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेको छ ।