२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोरोनाका कारण दिल्ली–पञ्जाबको खेल पुणेबाट मुम्बई सारियो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ मा कोरोना प्रवेश गरको छ । सोमबार दिल्ली क्यापिटल्सका खेलाडी मिचेल मार्समा कोरोना संक्रमण देखिएको थियो । यसबाहेक टिम फिजियो प्याट्रिक फरहार्ट र टिम डाक्टर साल्वीमा पनि कोरोना पोजेटिभ देखियो ।

जसकारण, बुधबार हुने दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल पहिले पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुने थियो तर अब यो खेल मुम्बईको ब्रेबोर्न स्टेडियममा हुनेछ । बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

दिल्लीको टोली हाल मुम्बईमा छ । सोमबार नै पुणे प्रस्थान गर्ने भनिएको थियो, तर कोरोनाको केस बाहिर आएपछि खेलाडी र स्टाफलाई होटलको कोठामा बस्न निर्देशन दिइएको थियो । यस्तै, सोमबार दुई पटक आरटी–पिसिआर परीक्षण पनि गरिएको छ । पहिलो परीक्षणमा मार्सको रिपोर्ट नेगेटिभ आएको थियो, तर दोस्रो आरटी–पिसिआर परीक्षणमा उनी संक्रमित भेटिएका थिए ।

उनी बाहेक स्पोर्ट्स मसाज थेरापिस्ट चेतन कुमार, टिम डाक्टर अभिजित साल्वी, सोसल मिडिया कन्टेन्ट टिमका सदस्य आकाश माने पनि कोरोना संक्रमित भएका छन् । यी सबै फिजियोहरू १५ अप्रिलमा कोरोना पोजिटिभ भेटिएका प्याट्रिक फरहार्टको सम्पर्कमा आएको बताइएको छ । सोही क्रममा चेतनमा १६ अप्रिलमा संक्रमण देखिएको थियो । मार्ससहित बाँकी १८ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो ।

अप्रिल १६ देखि दिल्ली टोलीका सबै खेलाडी र स्टाफको दैनिक जाँच भइरहेको छ । सबैको आरटी–पीसीआर परीक्षण भइरहेको छ । वैशाख १९ गते भएको चौथो चरणको छानबिनमा बाँकी खेलाडी तथा कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो । अप्रिल २० मा हुने खेलअघि फेरि एकपटक सबै खेलाडी र स्टाफको परिक्षण गरिने छ ।

बीसीसीआईको कोरोना प्रोटोकल अनुसार बायो–बबलमा उपस्थित सबै खेलाडी र स्टाफको हरेक पाँचौं दिन परिक्षण भइरहेको छ । गत वर्ष प्रत्येक तेस्रो दिनमा जाँच हुन्थ्यो । यद्यपी, फ्रेन्चाइजीहरूलाई पनि स्वतन्त्रता दिइएको छ कि यदि उनीहरूले आफ्ना खेलाडीहरूको दैनिक रूपमा परीक्षण गराउन चाहन्छन् भने त्यसो गर्न सक्छन् । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेको छ ।