२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

सुम्निमा पारुहाङ (पोडकास्ट)

सुम्निमा पारुहाङ (पोडकास्ट)
अ अ+ अ-

हिमालयको सृजनापछि भगवान अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च आफ्नै सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पाई । उनको नाम रह्यो सुम्निमा । उ वृन्दावनमा बस्तथी ।

आफूलायक कुनै जीवन नभएको त्यस प्रायः एकान्त आफ्नै निर्जन स्थानमा सुम्निमा केवल पंक्षिहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । उ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग उ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी-सुस्तरी युवती भई । तैपनि उ केवल चरा–चुरुङ्गीहरूसँग यो वन – त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावतः उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन । 

यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्‍यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वन–जङ्गलतिर घुमिरहेको थियो । उ निकै ह्यष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा उ प्रति मोहित भई । उ थियो पारुहाङ । पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलाई देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालाई एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर उ आफ्नो बाटो लाग्यो । 

सुम्निमाले उ सँग भेट्‍ने मन गरेकी थिई तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझीरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले उ सँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने “पारुहाङको घर आकाशमा छ । उ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।” साथीहरूले सुम्निमालाई आशा देखाए “हावासँग कुरा गर्न सक्छौ भने उसैमार्फत समाचार पठाउँदा पारुहाङ कहाँ पुग्छ ।” प्रकृति पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्तथी ।

साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालाई आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर उ सँग पृथ्वीका एउटी तरुनी(सुम्निमा उ सित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलाई एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा आए  । पृथ्वीमा पुग्नासाथ उ सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन ।

सुम्निमा जति सुन्दर थिई, पारुहाङ उत्तिक्कै कुरूप थियो । केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलाई देखेर सुम्निमाका ह्यदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गई । 

अर्कातिर उस्तै पारुहाङलाई पनि नराम्रो चोट पर्‍यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलाई एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालाई भन्यो “तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ? तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्‍छु ? ” यति भनेर आहत – अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्रायस् जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर उ आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हर्हर भई ।

उसले यताउतिका सारा खोल्सा-खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्‍न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू न्याउली, कुथुकर लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलाई पानी खोज्न पठाई । लाहाँचेले रूखको टोड्‍कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्‍न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालाई ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली ।

सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभई पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने “स्वयं पारुहाङलाई झीकाएर उसैले औषधिउपचार गरेमात्र सन्चो हुन सक्तछ ।”

साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालाई फेरि एकपल्ट हावालाई बोलाएर पारुहाङलाई झीकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाबाट समाचार पाउनासाथ उ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडी-बुटीको उपचारद्वारा सुम्निमालाई निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलाई आफ्नू पति मानी । सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्माई ।

बच्चाहरू पनि अनौठै भए – जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु, साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । उ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।