काठमाडौं । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको नेकपा एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ ।
योसँगै एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने भएका छन् ।
यस्तै एमालेले केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य रहने व्यवस्था गरेको छ ।
एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा जारी छ ।
महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।