२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी
अ अ+ अ-

सुर्खेत । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् । 

सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो । बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गर्नुभयो । “सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्”, उहाँले भन्नुभयो, “दशैँ नजिकिँदैछ, “विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्र्यो ।” प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उहाँको भनाइ छ । 

लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरिद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले नुन प्रतिकेजी रु १८ मा बिक्री गर्ने गरेको छ । अघिल्ला वर्षहरुमा दशैँ–तिहारमा सहुलियतमा नुन र चिनी बिक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जनाएको छ । यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन बिक्री वितरण गर्दै आएको छ । गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ । (रासस)