३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

के अपशब्द बोल्दा, मुख छाड्दा आनन्द आउँछ ? यस्तो छ अच्चमित तथ्य !

के अपशब्द बोल्दा, मुख छाड्दा आनन्द आउँछ ? यस्तो छ अच्चमित तथ्य !
अ+ अ-

फोहरी शब्द बोलेको भन्ने हामीलाई थाहा भएर त्यस्तो हुने हो कि साँच्चिकैमा मुख छाड्दा मस्तिष्कमा वा हाम्रो शरीरमा त्यस्तो केही परिवर्तन नै पनि हुने गर्छ ?

मुख छाड्ने बानी भएकाहरूले बुढी औँला नराम्री ठोक्किँदा होस् वा हतार हुँदा ट्राफिक जाममा पर्दा होस् अथवा जीउमा तातो चिया कफी पोखिँदा नै होस् त्यस्तो अप्रत्याशित अवस्थामा मुखबाट अपशब्द निकाल्छन् । र उनीहरूका अनुसार मुख भरीको गाली ओकलेपछि केही मनमा हलुङ्गो वा सन्चो अनुभव हुने गर्छ ।

मुख छाड्ने बानी कसैमा धेरै हुन्छ कसैमा कम र कोही त अत्यधिक खुसीमा पनि मुख छाड्ने गर्छन् । पूर्वीय समाजको दाँजोमा आधुनिक पश्चिमा समाजमा यस्तो प्रवृत्ति बढी देखिन्छ । तर संसारका सबैजसो भाषा र संस्कृतिमा अपशब्द बोल्ने वा मुख छाडेर बोल्ने गरेको व्यवहार देख्न पाइन्छ ।

फोहोरी वा खराब शब्द बोल्नुको पछाडिको वैज्ञानिक कारण के होला त ?

के हो त अपशब्द बोल्नु ?

"खराब गाली वा अपशब्द यसै कारणले बोलिन्छ भनेर ठोकुवा गरेर भन्नु सहज छैन," अपशब्द बोल्ने बानीको विषयकी ज्ञाता तथा मुख छाड्नु राम्रो हो भन्ने अर्थको शीर्षक भएको पुस्तककी लेखिका डा. एमा बर्न बताउँछिन् ।

उनी भन्छिन् यो यस्तो भाषा हो जुन हामी कि स्तब्ध हुँदा, अचम्मित हुँदा, खुसी हुँदा, ठट्यौली गर्न खोज्दा वा गाली गरेर आक्रोश व्यक्त गर्न खोज्दा प्रयोग गर्ने गर्छौँ । तर यो सांस्कृतिक अभिव्यक्तिको एउटा चरित्र पनि हो जुन एउटा निश्चित समुदाय, भाषिक समूह, समाज, देश वा धर्मको सन्दर्भ भित्रमा मात्रै अर्थ लाग्ने हुन्छ ।

डा. बर्न भन्छिन्, "समाजले अपशब्द वा फोहोरी शब्द वा मुख छाड्ने भनेको के हो भनेर सर्वसम्मतिले नै निर्धारण गरेको हुन्छ । र त्यस्तो कुरा निश्चित संस्कृतिमा के के कुरा वर्जित छ भन्नेमा आधारित हुन्छ । कतै शरीरको अङ्गको नाम लिँदा फोहर बोलेको हुन्छ, कतै जनावरको नाम लिँदा, कतै रोगको कुरा गर्दा त कतै निश्चित शारीरिक गतिविधिको चर्चा गर्दा ।"

तर अपशब्द बोल्ने कुरामा एउटा महत्त्वपूर्ण तत्त्व हुन्छ: " मुख छाड्दा भावनात्मक प्रभाव हासिल हुनका लागि कुनै निश्चित समाजमा विद्यमान वर्जित गरिएका विषय वा प्रसङ्ग त्यसमा जोडिएको हुन्छ ।"

डा. बर्न भन्छिन् अपशब्द भनेको त्यस्तो भाषा हो जुन सामान्य शिष्टाचारको अपेक्षा गरिने अवस्थामा पटक्कै बोल्ने गरिँदैन ।

हामी किन मुख छाड्ने गर्छौँ त ?

"सामान्यतया बानी भएकाहरूमा तनावपूर्ण अवस्थामा रहेको बेला वा कुनै अनपेक्षित नराम्रो घटना हुन पुगेको बेला त्यसप्रतिको स्वाभाविक प्रतिक्रिया जसरी नै मुखबाट अपशब्द निस्कने गर्छ । र त्यसो गर्दा एक प्रकारको सुखद अनुभूति हुन्छ," बीबीसी विश्व सेवाका एक श्रोता ग्याडीले बताए । अन्य श्रोताहरूले पनि त्यस्तो अभिव्यक्तिप्रति सहमति जनाएका छन् ।

" खुसीको अवसरमा पनि मेरो मुखबाट फोहरी शब्द निस्कन्छ वा एकदमै अचम्मित हुँदा पनि । केही कुरामा पश्चात्ताप लाग्दा वा दुख्दा वा रिसमा पनि । मनोदशा अभिव्यक्त गर्ने यो नै सबैभन्दा सच्चा उपाय जस्तो लाग्छ मलाई," मिखाइल भन्छन् ।

क्लारा भन्छिन्, "म धेरै मुख छाड्ने गर्दिनँ। किनकि मेरो विचारमा धेरै अपशब्द बोलिरहँदा त्यसले भावना अभिव्यक्त गर्ने शक्ति गुमाउँछ कि भन्ने लाग्छ । जुन बेला सर्वथा उपयुक्त हुन्छ त्यही बेला त्यस्तो भाषाको प्रयोग गर्नुपर्छ ।"

निश्चय नै सबै मानिसले मुख छाड्दैनन् । कहिल्यै मुख नछाड्ने मानिसहरू पनि धेरै छन् । तर मुख छाड्दा एकाएक केही मनमा अड्किएर बसेको कुरा जोडले बाहिर फालेको जस्तो अनुभव हुन्छ । केही यस्ता शब्दहरू छन् जुन शब्द बोल्दा तिनमा शक्तिको तह लुकेर रहेको जस्तो अनुभव हुन्छ ।

डा. बर्न भन्छिन् उनले अनुसन्धान गर्दा के पनि फेला पारिन भने मस्तिष्कमा आघात पुगेर बोल्ने क्षमता गुमाएका केही मानिसहरूमा समेत अपशब्द बोल्ने क्षमता भने कायम रहेको हुन्छ ।

उनी भन्छिन् हामीले निश्चित शब्दहरूलाई निकै बलियो संवेदना वा आवेगको भावनासँग जोडेर राखेका हुने रहेछौँ र त्यस्तो संवेदना सामान्य बोलीचालीमा प्रयोग हुने भाषा भन्दा अलग्गै मस्तिष्कमा सुरक्षित रहने गर्दो रहेछ ।

"मुख छाड्ने वा अपशब्द बोल्ने व्यवहार हाम्रो अन्तर्मनको भावनासँग एकदमै नजिकबाट जोडिएको हुन्छ । त्यसैले मुख छाड्न बोलिने शब्दहरू उच्चारण गर्न आवश्यक पर्ने शरीरका मांसपेशीहरूको चालको सङ्केत मस्तिष्कको बेग्लै तर थुप्रै भागमा भण्डारण भएर रहेको हुन्छ । त्यसैले आवश्यक पर्दा त्यो जुन ठाउँबाट पनि उपलब्ध हुन जाँदो रहेछ ।"(बीबीसी)