२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

शान्ति ठटालको स्वरगाथा

शान्ति ठटालको स्वरगाथा
अ अ+ अ-

पढाईमा अरुचि ।

रातदिन गीत संगीतको शौख ।

घरका मान्छेले पनि यसलाई पढाईमा रुचि छैनँ पठाईदिउँ कोलकत्ता भने । कला मन्दिरमा एक जना अग्रज हुनहुन्थ्यो सरोदवादक घोष बाबू (मानु घोष), उहाँले नै सबै खोजीनीति गरेर फर्म भरिदिनु भयो । परीक्षाको निम्ति मलाई कोलकत्ता पुर्याउन मसित आमा जानु भयो । आमा पढालिखा हुनुहुन्न्थ्यो तर संगीत बुझ्नु हुन्थ्यो । आमा र म गएर विश्व संगीत भारतीमा संगीतको परीक्षा दियौँ । मैले त्यहाँ मीराको एउटा भजन मेरे तो गिरधर गोपाल गाएँ । त्यहाँ घघडान घघडान जजहरु बसेका थिए , ठूल्ठूला बाजाहरु थिए ।

मैले गाउँदै गर्दा बाहिर आमालाई अरु कसैले भनेछन् , कस्तो राम्रो स्वर रहेछ यो केटीको ?

किन यहाँ ल्याएको ? यहाँ त सिक्दा सिक्दा स्वर विग्रिन्छ ।

स्वर परीक्षा दिएर आएर पछि आमाले यो कुरा मलाई भन्नु भयो मैले सुने नसुनेगरी हिँडे , किनकि मलाई त्यहाँ सिक्नु थियो । कलकत्तामा मलाई सबै किसिमको सहयोग मिल्यो नरबहादुर गुरुँगबाट । उनी राजभवन छेवमा बस्थे । काँग्रेसका डेपुटी मिनिस्टर थिए उनी । आमा मलाई छोडेर आउनुपर्दा अप्ठेरो मान्दै हुनुहन्थ्योे तर म मान्नेवाला थिइँन । सानै थिएँ भन्दा पनि आठौँ श्रेणीमा त पढ्दै थिएँ । उमेर कति थियो होला मेरो …. ?

सबैले एकै स्वरमा चौधपन्ध्र भने ।

होइन होइन । पढाईमा लद्दू थिएँ , पढाईमा साह्रै कमजोर भएर म पढाईमा ढिलो भएको थिएँ नि म । सत्र र सोह्रको वीचमा थिएँ ।

फ्ल्याशब्याकमा यो कथा सुनाईरहँदा संगीतकार शान्ति ठटाल पोखराको भर्खर नामाकरण गरिएको एउटा नयाँ होटलको बेसमन्टमा थिइन् , चलचित्रकर्मी चेतन कार्की , गीतकार सुवासचन्द्र ढुँगेल अनि पत्रकार टंक ढकालका साथमा ।

दक्षिण एशियाको गायिकाहरुको पहिलो संस्था हार्मोनी ः द मोडर्न संग्स्ट्रेस अफ पोखरा ले आफ्नो दोस्रो वार्षिकोत्सवमा गर्न लागेको पहिलो सम्मान कार्यक्रममा लागि गर्न दोस्रो पटक पोखरा आएकी थिइन् , शान्ति ठटाल आफ्ना सहयोगी शर्मीलाका साथमा ।

विसं २०७५ मा यो कथा वृत्तान्त सुनाइरहँदा ठटाल विसं २०१२ को आफ्नो श्यामश्वेत अतीतमा हराईरहेकी थिइन् , कहिँ रंग भएको कहिँ रंग नभएको पर्दामा ।

टर्निँग प्वाइन्ट १ : कोलकत्ता इन्फुलुएन्स्

दार्जीलिँगमा त्यतिवेला राजनीतिक पार्टी कम सांगीतिक समूह बढी थिए, तर सबैको एउटै उद्देश्य थियो , संगीतका माध्यमबाट गीतलाई अझै माथि उचाल्ने ।

गीतमा त्यति वेला नयाँ नयाँ प्रयोग भइरहेका थिए ।

ठटालले सम्झे अनुसार त्यसबखत उर्मिलाकुमारी श्रेष्ठको सन्ध्या तिम्रो रिमझिमतामा दुःखै दुःखले भरिएको छ …गीतले आधुनिकताको झलक दिइसकेको थियो । त्यसभन्दा पहिला गीतमा शब्द वा रचनाको शक्ति कमजोर थियो ।

उर्मिलाकुमारीले नवीन वर्देवाको शब्दमा आफनै मामा गोपाल श्रेष्ठको संगीतमा गाएको गीतले दार्जीलिँग र त्यस वरपरका नेपालीलाई सम्मोहित बनाइसकेको थियो ।

दार्जीलिँगको संगीतमा त्यतिवेला शिवकुमार सिंह, हिराकुमार रसाइली , कपिलराज सुब्बा, एचमान गुरुँग, नवीन बर्देवा, मानध्वज गुरुँग, दलसिंह गहतराजले बनाईरहको बाटोमा संगीतले मौलिकता खोजिरहेको थियो ।

शान्ति ठटाल त्यतिवेला दार्जीलिँगको कला मन्दिरमा ब्याक् अप सिंगरमा कार्यरत थिइन् । कलामन्दिरमा उनी जानुका पछाडि एउटा सानो कथा थियो जुन कथा उनी बारम्बार आफ्नो अन्तर्वार्ता वा अन्य प्रसंगमा सुनाइरहन मनपराउँथिन् ।

दार्जीलिँगको चोकबजारमा गएर रेकर्ड दोकान बाहिर उभिएर हिन्दी गीत सुन्ने बानी बसिसकेको ठटाललाई लता मंगेशकरका सबै गीत प्रायः कन्ठस्थ थिएछन् ।

एकदिन उनले सरस्वति पूजाको कार्यक्रममा हिन्दी फिल्मको कुनै गीत गाइछन् । गीत भन्दा उनको गायकीको प्रभावले उनलाई कला मन्दिर पुर्याएछन् केही स्वजनले । र, यसरी शुरु भयोे कला मन्दिरबाट ब्याक् अप सिंगरको रुपमा उनको क्यारिअर ।

कला मन्दिरको नाटक रुपरेखा मा पाश्र्व गायिकाको रुपमा आफ्नो गायन यात्रा शुरु गर्दा शान्ति ठटालले संगीतमा अझै आफूले सिक्नुपर्छ भन्ने महशूश बल्ल गरिछन् । शान्ति ठटाललाई त्यसपछि विश्वकवि रवीन्द्रनाथ टैगोरद्धारा स्थापित विश्व संगीत भारतीमा सिक्ने वा पढ्ने इच्छा जाहेर गरेर घोष बाबूले प्रोसेस अघि बढाई दिए ।

विश्व संगीत भारतीमा स्वर परीक्षा दिन जाँदा शान्तिलाई निर्णायक मण्डलीले कुनै शास्त्रीय गीतको मुखडा आउँछ भनेर सोधेछन् । मुखडा भन्ने शब्द उनले पहिलो पटक दार्जीलिँगमा शास्त्रीय गायक करमोतल्लाह खाँबाट सनेकी थिइन् । दार्जीलिँगमा पहिलो पटक आएका करमोतल्लाह खाँ ले उनको गलाको खन्ड देखेर आफूसँग आएकी गायिका उमा डे लाई भनेछन् , यो केटीको कन्ठ एकदम रामो छ , यसलाई कुनै शास्त्रीय गीतको मुखडा सिकाई दिइ राख ।

त्यो सिकाई पछि विश्व संगीत भारतीमा काम आएछ , शान्ति ठटाललाई ।

उमा डे ले सिकाइ छोडेको मीराको भजनको मुखडा मेरे तो गिरीधर गोपाल गाएर उनी स्वर परीक्षामा उत्तीर्ण भएकी थिइन् ।

यो कथा कुनै नौलो होइन , शान्तिले आफ्नो सांगीतिक यात्रा नै अरुको गीत गाएर शुरु गरेकी थिइन् जसरी प्रायः नेपाली कलाकारले यसरी नै शुरु गरेको हुन्छ ।

लता मंगेशकरको गीत खर्लप्पै खाएकी ठटालले कला मन्दिर पछि विश्व संगीत भारतीमा अध्ययन गर्न पाएपछि उनी फर्केर आउँदा दार्जीलिँगमा अम्बर गुरुँगको आर्ट एकेडेमीले आकार ग्रहण गरिसकेको थियो ।

उनले सम्झिँदा दार्जीलिँगमा त्यतिवेला कला मन्दिरको जस्तो अरु सांगीतिक समूहको महत्व थिएन तर अम्बर गुरुँगको आगमनपछि अर्को एउटा नयाँ इतिहास बन्न शुरु भएको उनी स्वीकार्छिन् ।

नौलाख तारा गीत रेकर्ड गरेर अम्बर आइकन भइसकेका थिए ।

आर्ट एकेडेमी खोलेर उनी गाउँ गाउँ, वस्ति वस्ति कार्यक्रम गर्दै हिँड्थे । यसै सिलसिलामा शान्तिको अम्बरसित भेट भयो , आफ्ना दाजु पर्ने इन्द्र थपलिया मार्फत् ।

थपलियाले आफ्ना मीत अम्बरलाई भनेर शान्तिको निम्ति एउटा गीत मिलाईदिएछन् , अम्बरको गीतको त्यो धुन सुनेर शान्ति ठटालले फस्र्ट ह्यान्डमै यो ट्यून त मनपरेन भने पछि अम्बर र शान्ति वीचमा अलि अशान्ति जस्तो फैलिने देखेर आफ्नो मीत अम्बरको वचाव गर्दै थपलियाले भनेछन् , राम्रो छ त बहिनी मीतज्यूको यो गीत । गाउ न ।

शान्तिले अम्बरको त्यो धुनको गीत नगाउने भएपछि तत्कालै अर्को धुन तयार पारेछन् , आफ्नै शब्दमा

सम्हालेर राख , संगालेर राख

फेरि फुल्ने हो कि होइन , जोवनको फूल ।

अम्बर शान्तिको यो प्रोजेक्ट सफल भयो ।

यही गीतबाट शान्ति नेपाल र नेपाल बाहिर एकै पटक चिनिइन् ।

यो इतिहास फेरि दोहोर्यारहन पर्दैन , जसले अँग्रेजीमा रेस्ट ईज हिस्ट्री भन्छन् ।

विश्व संगीत भारती निकेतनमा अध्ययन क्रमको एक लामो बसाई पछि को यो अवस्थितिमा शान्ति ठटालको गायकीमा आवाजको गमक, , माधुर्य र लयकारी शैलीले उनको गायकीमा नयाँ भाव आइसकेको थियो । तर भन्नेहरुले उनको स्वरका वारेमा अझै थप यसो पनि भन्छन् , कोलकत्तामा गएर सिके पछि दिदीको स्वर अलि धेरै विग्रीयो पहिले त अझ कस्तो राम्रो थियो ।

दोस्रो टर्निँग प्वाइन्ट २ ः एउटा नीलो सूर्यास्त

बलिऊडकी प्रसिद्ध गायिका लता मंगेशकरका एकेक गीत सुनेर गायन सिकेकी विश्व संगीत भारतीको आँगनबाट फर्केपछि दार्जीलिँगमा संगीतकारको जिम्मेवारी बोक्नु पर्यो ।

यसको कारण थियो, आर्ट एकेडेमीको अवतरण ।

अम्बर गुरुँगले बँगाल सरकारको सरकारी जागिर पाएपछि उनी लोक मनोरञ्जन शाखा गए , टर्नबुल स्कुलको जागीरबाट अलग भएपछि अम्बरले आर्ट एकेडेमी त्याग्नु पर्यो ।

आर्ट एकेडेमीमा उनका साथ म्युजिशयनका रुपमा रहेका शरण प्रधान , रञ्जीत गजेमर , गोपाल योञ्जन , कर्म योञ्जन , अरुणा लामा सबै आआफ्नो समूहमा बाँडिए ।

शरण, रञ्जीत, जीतेन्द्र वर्देवा र अरुणा मिलेर संगम समूह खोले , संगमबाट शरण रञ्जीतले आफ्नै संगीत सिर्जना शुरु गरे ।

कर्म र गोपालले कला मन्दिरमा प्रवेश गरे , यिनको जोडीमा दिलमाया खाति , नगेन्द्र थापा त छँदै थिए ।

यही वेला शान्तिले पनि आफ्नै संगीत परिकल्पनामा ईश्वरवल्लभको गीतिकथा एउटा नीलो सूर्यास्त मा संगीत निर्देशन गरे ।

कवि ईश्वरवल्लभको गीतकारको यो तेस्रो प्रहर थियो , उनी पहिलो पटक नातिकाजीको संगीतमा तारादेवीको स्वरमा फुलाई फूल न धर्ती आकाश ओर्ली आउला मा गुञ्जायनमान भइसकेका थिए ।

अम्बरको संगीतमा मलाई भाँचिदे … मा उनी लगभग फरक परिचयीकरण हुँदै थिए । तर एकविहान शान्ति ठटालको संगीतमा एउटा नीलो सूर्यास्त मा उनी सिँगो र संग्लो गीतकारको सूर्याकार लिँदै झुल्किए ।

आमाको आत्महत्या पछि आफ्नो जन्मथलो छोडेर प्रवासभूमि पुगेका वल्लभलाई दार्जीलिँगमा आकाशको त्यो एक्लो तारा ….लेख्न शान्ति ठटालले नै प्रेरित गरे ।

ईश्वरवल्लभ सँगै शान्तिले वल्लभका सहकर्मी कवि एवम् गीतकार वैरागी काइँला को मेरो दुःखी मन सपना नखोज ..लाई गाइन् ।

यो गीत हिट भयो, लगभग सुपर हिट भयो ।

अम्बर गुरुँगले धुनवद्ध गरेको यो गीत नै काइँला र काइँलीको पहिलो एडज्वाइनिँग थियो र यही गीतले शान्तिको जीवनमा एउटा महत्वपूर्ण टर्निँग ल्यायो भन्न सकिन्छ ।

चिनाको नाउँ ओजाँगहाँग भएका तिलविक्रम नेम्वाँगको साहित्यिक नाउँ चैँ वैरागी काइँला हो र उनी घरका पनि काइँला सन्तान नै परे त्यसै गरी गायिका शान्ति ठटाललाई पनि घरमा काइँली नै भनेर बोलाइन्थ्यो ।

यी दुइटै काइँला र काइँलीको यो गीतमा अम्बर गुरुँगको कम्पोज कलरको मूल्याँकन गजबै गरेका छन् गीतकार काइँलाले । भन्छन् ,

हुनचाहिँ यो मेरो नितान्त व्यक्तिगत जजमेन्ट हो । कुनै संगीतको दृष्टिकोणले होइन । अम्बर गुरुँगमा एउटा प्रयोगधर्मिता , प्रयोगशीलता थियो । यिनले चाहिँ उतिवेलाको नेपाली संगीतमा आइरहेको एउटा आधुनिक धारा थियो , त्यसलाई नयाँ मोड दिने प्रयत्न गरिराखेका थिए । उनीभन्दा अगाडि काठमान्डूमा नातिकाजीहरुको जस्तो मिठो स्वर आइरहेको थियो , अलिक पछाडिबाट बच्चकैलाशको जस्तो विचित्र र कस्तो मान्छेलाई आक्रमण गर्ने किसिमको स्वर लिएर आएका स्वरहरु थिए । तिनीहरुको स्वर राम्रो सुनिनुभन्दा अगाडि उनले दार्जीलिँगमा संगीतलाई नितान्त आधुनिक हिसाबले लैजाने प्रयत्न गरे , शायद नेपाली संगीत क्षेत्रमा पश्चिमा संगीतको पनि समागम गराएर लैजान खोज्ने पहिलो संगीतकार अम्बर गुरुँग होलान् ।

अम्बर गुरुँगको आँधी बतासैमा तिम्रो शुभकामना काम लागेन र वैरागी काइँलाको मेरो दुःखी मन …ले संगीतकार गुरुँग र गायिका ठटाललाई नेपाल र नेपालीसित अलि नजीक बनायो ।

टर्निँग प्वाइन्ट ३ : नेपाल आगमन

विसं २०२१ सालमा तत्कालीन राजा महेन्द्रको जन्मौत्सवमा नेपालबाट शान्ति ठटाललाई नेपाल आउने निम्ता जान्छ , उनी आफ्ना संगीतकर्मी साथीहरु शरण प्रधान, अरुणा लामा , कुमार गजमेर साथ नेपाल आउँछिन् ।

शान्ति ठटालको सम्हालेर राख र मेरो दुःखी मन … सुनेका कवि राजा महेन्द्रले पनि यही समय दुखेको मन टुटेको दिल लेखेर रेकर्ड गरिसकेका थिए , संगीतप्रवीण नरराज ढकालको स्वरमा ।

महेन्द्रको शालीन आमन्त्रण पछि नेपाल र नेपालीका माझ शान्ति ठटालको नेपालसित एउटा गहिरो आत्मीयता बस्यो , रेडियो नेपालका गायक गायिका , संगीतकर्मी , वाद्यवादकका माझ उनको उपस्थितिलाई यहाँ सगर्व स्वीकारियो ।

गायिका ठटालले दार्जीलिँगमा बसेर गाइरहँदा नातिकाजी, शिवशंकर , तारादेवी , पुष्प नेपाली , बच्चुकैलाशको परिवर्तनीय आवाज सुनेको र महशूश गरेको कुरा पनि त्यही वेला आशाको रुपमा लिइन् ।

दार्जीलिँग त्यो वेला अझै त्यो भन्दा पहिला कालिम्पोंग त्यो वेला महाकवि देवकोटाको मुनामदन मञ्चन गरेर ख्यातनामा भइसेको थियो । राजा महेन्द्रले मुनामदनका प्रस्तुतकर्तालाई बोलाउने क्रममा चित्तरञ्जन नेपाली र हरिहरराज जोशीलाई यो जिम्मा दिइसकेका थिए ।

मुनामदन कै प्रस्तोता टोलीका साथ अम्बर गुरुँग नेपाल आइसकेको कुरा नारायणप्रसाद राजभण्डारी अर्थात् चित्तरञ्जन नेपाली सम्झिन्छन् । दरवारमा हुने कार्यक्रमका आयोजनकर्मीका रुपमा परिचित मधुसुदन राजभण्डारीले अम्बर गुरुँगको राजा महेन्द्रसित एक यादगार भेट गराइसकेका थिए ।

यसपछि अम्बर नेपाल बस्ने भए ।

अम्बरसित उनका सहायक रञ्जीत गजमेर र त्यही समय नेपाल आएका धेरै दार्जीलिँगे कलाकार नेपाल तिरै भास्सिए ।

शान्ति ठटाल फर्केर दार्जीलिँग नै गइन् , त्यहाँ तिनलाई फेरि देवकोटाको मुना मदन मा संगीत गर्नु थियो ।

यही समय नेपालीमा एमए गर्ने वाहनामा दार्जीलिँगबाट गोपाल योञ्जन पनि नेपाल आए , गोपालका दाजु कर्म एक्लै भए ।

कर्मले यही समय देवकोटाको म्हेन्दु गरे , शान्ति ले देवकोटाको मुना मदन ।

देवकोटाको मुनामदन लाई पछि नेपालमा आएर अम्बर गुरुँगले पनि संगीतवद्ध गरे , कोकिल गुरुँगको निर्देशनमा ।

देवकोटा मुनामदन , ईश्वरवल्लभको एउटा नीलो सूर्यास्त पछि शान्ति ठटालले वैरागी काइँला, अम्बर गुरुँग, जीएस लामा, इन्द्र थपलिया , छिन्नलता , मनवहादुर मुखिया , शशी ठटाल , नोर्देन रुम्बा , बलि सुब्बा , कालूसिंह रनपहेंली आदि का धेरै गीत गरे तर उनलाई कथाकार गुरुप्रसाद मैनालीले पश्चिम नेपालको बागलुँगबाट टिपेर ल्याएको एउटा गीतको गेडाले करामत गर्ने मौका दियो ।

त्यसलाई फिल्मी भाषामा ब्रेक भनिन्छ ।

टर्निँग प्वाइन्ट ४: परालको आगो

शान्तिलाई फिल्ममा पहिलो ब्रेक दिए , प्रताप सुब्बाले ।

प्रताप सुब्बाले यसअगि पौनी व्वाय् नामक् एक वृत्तचित्र बनाएका थिए , यसवाहेक सिनेमामा उनको अर्को अनुभव शायद थिएन । नाट्यकर्मसित उनी पहिल्यै देखि आवद्ध थिए

प्रताप सुब्बाले गुरुप्रसाद मैनालीको कथा परालको आगो मा सिनेमा बनाउने भए पछि चलचित्रमा रहेका तीन गीत संगीत गर्न शान्ति ठटाललाई छाने ।

नासो कथा भित्र गुरुप्रसाद मैनालीको एउटा सशक्त कथा हो , परालको आगो । नासो का एघार कथामा एउटा कथामा कथाकार मैनालीले बागलुँगको लोकलयको गीत टिपेर हालेका थिए , परालको आगो मा ।

गीतको बोल थियो ,

उडी जाउँ भने म पन्छी होइन …

यही गीतको बोललाई मुखडा बनाएर मनवहादुर मुखियाले पूर्णाकार गीत लेखे ,

उडी जाउँ भने म पन्छी होइन

बस्न त यहाँ मन छैन

लै लै …

शान्तिले यो गीतका निम्ति गायिका अरुणा लामालाई छानिइन् र प्रताप सुब्बाले अभिनेत्री बसुन्धरा भूषाललाई छाने ।

दुवै पर्दामा सफल भए ।

अरुणा लामाको यो गीत उनकै अघिल्लो गीत यहाँ फूल नखिलेछ बहार आउन भुलेछ … पछि को रेकर्ड ब्रेक बन्यो ।

शान्ति ठटालले यसअगि अरुणासित ईश्वरवल्लभसित आकाशको त्यो एक्लो तारा … मा सहकार्य गरिसकेकी थिइन् ।

परालको आगो को उडीजाउँ भने … गीतले अरुणालाई दीपमान परिचय दिलायो भने शान्तिलाई नेपाली चलचित्र जगतको पहिलो महिला संगीतकारको गद्दी दिलायो ।

भारतको विशाल बलिऊड चलचित्र उद्योगमै गनेर जम्मा दुई जना मात्र महिला संगीतकार भएको आरेखमा शान्ति ठटाल नेपाली चलचित्र उद्योगको पहिलो महिला संगीतकार भइन् भने भारतको निम्ति पनि त्यो एउटा अनधीत इतिहास बन्न पुग्यो ।

परालको आगो मा शान्ति ठटालले उडी जाउँ भने…. वाहेक अर्को एउटा महत्वपूर्ण गीत गरिन् ,

धेरै चुलबुल नगर बहिनी

बतासैले उडाई देला तिम्रा पछ्यौरीलाई …

समवेत स्वरमा रहेको यो गीतमा शान्तिले नयाँ पुस्ता तयार पारिन् , गायक शंकर गुरुँग, पेमा लामा, दावा ग्याल्मो आदि ।

नेपाली चलचित्रका प्रथम महिला संगीतकार शान्ति लाई दोस्रो फिल्म कुनै निर्देशकले दिन सकेन । त्यसको निम्ति उनले प्रताप सुब्बलाई अर्को फिल्म सम्म पर्खनु पर्यो ।

परालको सांगीतिक हिसाबले गीत प्रधान फिल्म थिएन र पनि यसमा संगीतकारिताको हिसाबले देखाउने काम पनि कम नै भयो । कारण लो बजेटमा बनेको यस फिल्ममा शान्ति ठटालले जानेर पनि पृष्ठ संगीत गर्न पाइनन् । पृष्ठ संगीत अर्थात् ब्याक् ग्राउन्ड म्युजिक गर्न नपाउनु उनको निम्ति जितेको राज्य गुमाउनु जत्तिकै भयो जसलाई ऐतिहासिक मिथकमा एल डराडो भनिन्छ ।

परालको आगो शान्ति ठटालको निम्ति एल डराडो सावित भयो भने नेपाली चलचित्र इतिहासको निम्ति एउटा गौरवमय घडी बन्न पुग्यो ।

परालको आगो पछि शान्ति ठटालले पुनः प्रताप सुब्बाकै दिग्दर्शनमा बाँच्न चाहनेहरु मा संगीत गरिन् । निर्देशक सुब्बा र गायिका अरुणा लामाका वीच खटपट भएका कारण यसापालि शान्ति ठटालले गायिका अरुणाको ठाउँमा नयाँ सम्भावनवान गायिका विमला सेन्च्युरीलाई पाश्र्व गायिकाको रुपमा र पेमा लामालाई पाश्र्व गायकका रुपमा ब्रेक दिइन् । यस फिल्ममा ठटालले आफ्ना अनुज पुस्ताका गीतकार कवि नर्देन रुम्बासित सफलतपूर्वक स्वीकार्य गरिन् ।

नयाँ नयाँ घामको किरण …

मिठो मिठो तिम्रो बात मिठो …

बाँच्न चाहनेहरु ..

हरर बरर दार्जीलिँग शहर …

दार्जीलिँगमा जन्मे हुर्केका गीतकार रुम्बालाई दार्जीलिँगको आकाश बाहिर एक विशिष्ट परिचय दिए, शान्ति ठटालले अनि प्रताप सुब्बाले । यद्यपि रुम्बालाई संगीतकार ब्रदी दुर्गा खरेल , टाशी बाँँगचूकले चिनाइसकेका थिए आफ्ना सांगीतिक तर्जमा । पछि रुम्बालाई नारायणगोपालको भव्य स्वरमा मेरा सबै रातहरु ….मार्फत् पुनःप्रविष्टी मिल्यो ।

गोरखाल्यान्ड आन्दोलनका कारण बाँच्न चाहनेहरु भने जस्तो सफल नभएको प्रताप सुब्बाको दुःखी भए भने शान्ति ठटालको यो सिनेमा संगीतको एन्ड हुन पुग्यो ।

टर्न ओभर : सिक्किम

दार्जीलिँगबाट अम्बर गुरुँग नेपाल गए जस्तै पालै पालो अरु पनि विस्तारै पाखा लागे , गोपाल योञ्जन नगेन्द्र थापाको आग्रहमा नेपाल आए , रञ्जीत गजमेर काठमान्डू हुँदै मुम्बई गए ।

संगीतकार शरण प्रधान को अल्पायुमा निधन भइसकेको थियो ।

दार्जीलिंगमा कर्म योञ्जन र शान्ति ठटाल मात्र बाँकी थिए , अन्ततः शान्ति ठटाल पनि सिक्किमको ग्यान्टोक पुगिन् जहाँ उनले संस्कृति विभागमा संगीत गुरु भएर काम सम्हालिन् ।

सिक्किममा शान्ति ठटालले ग्यान्टोको देवरालीस्थित वुमन्ज् होस्टलमा बसेर तादोँग देउराली उकाली ओराली धाउन थालिन् ।

सिक्किमको ग्यान्टोकमा हुँदा उनले दुई अति प्रिय शिष्या पाइन् , विमला सेन्च्युरी र अञ्जली प्रधान ।

अञ्जली र विमलाले उनलाई संगीत आमा नै नाम दिएका छन् । ठटाल आफ्नो दार्जीलिँगको घर पछि दोस्रो घर अञ्जलिको घरलाई नै आफ्नो मान्छिन् ।

विमला र अञ्जलि वाहेक सिक्किममा उनले अन्य असंख्या शिष्य शिष्या बनाइन् भने गीतकारका रुपमा बलि सुब्बा , कालूसिंह रनपहेली, जीएस लामालाई उनले सिक्किममै भेटिइन् ।

विमला र अञ्जली भन्दा पहिले शान्तिले दावा ग्याल्मो , डैजी बराइली, कुन्ती सुन्दास, रिमला मोक्तानसित पनि सहकार्य गरिसकेकी थिइन् ।

शान्ति ठटाल सिक्किम हुँदा हुँदै सिक्किमबाट धेरै फिल्म बने तर प्रायः फिल्ममा शान्तिले संगीतको काम पाइनन्, सिक्किम बाहिरकाले काम पाए ।

सिक्किम सरकारले सिक्किम फिल्म कर्पोरेशनको व्यानरमा बनाएको पहिलो फिल्म मशाल को निर्देशन गर्न दार्जीलिँगबाट प्रताप सुब्बा लाई झिकाए तर संगीतकारका रुपमा रञ्जीत गमजेरले नै मौका पाए ।

सिक्किमबाटै बनेको साइनो, लाहुरे , निष्ठुरी जस्ता सबै सिनेमामा रञ्जीत गजमेरले बम्बई बसेरै काम पाए ।

शान्ति ठटाल सिक्किममा बस्दाबस्दै सत्तामा तीनजना मुख्य मन्त्री आए र गए, नरवहादुर भण्डारी, सन्चमान लिम्बू र पवन चाम्लिँग तर शान्तिको मुख्य ध्येय नै सिक्किम र दार्जीलिँगको संगीतलाई उकास्नु मै रह्यो ।

सिक्किममा नेपाली संगीतको अवस्था दार्जीलिँगको जस्तो थिएन र भएन पनि । किनकि सिक्किममा पैसा र सत्ताको सहयोगले गर्दा संगीत मनोरञ्जनको घेरामै मै मात्र सीमित भयो ।

सिक्किममै रहँदा शान्ति नेपालकोे निम्ता स्वीकारेर बन्द प्रकोष्ठ भित्र कार्यक्रम गर्न काठमान्डू आइन् , सीमित संख्याका दर्शक अनि पुनर्ताजगीको अभावमा खुम्चिएको काठमान्डूको सांगीतिक कार्यक्रममा शान्तिलाई सुन्ने भन्दा हेर्ने केही दर्शक थपिए ।

तर यही प्रसंगमा उनको योगदानको देखिइने गरी प्रशंसा गर्दै हार्मोनी ः द मोडर्न संग्स्ट्ेस अफ पोखराले नेपालका प्रसिद्ध लोकगायिका हरिदेवी कोइराला, गीतकार उषा शेरचनका साथ पोखराको दीपेन्द्र सभा गृहको आसनमा भव्य समारोहमा उनको सम्मान गर्यो , उनको सम्मान कार्यक्रममा सरिक हुन काठमान्डूबाट वरिष्ठ चलचित्रकर्मी , गीतकार एवम् संस्कृतिकर्मी चेतन कार्की, गीतकार सुवासचन्द्र ढुँगेल, कवि मुरारि सिग्देल, गजलकार टंक ढकाल समेत पुगेका थिए । सो कार्यक्रमको समाचारको शीर्षकमा अखबारले समाचार लेख्यो ,

आकाश झुक्यो

धरति उठ्यो …

सो कार्यक्रममा शान्ति ठटालका गीतलाई पोखराका चर्चित गायिका इतु पाल जोजिजू ,शीतल थापा, रजनी थापा रिद्म , कौशल्या गुरुँग आदिले मञ्चमा सम्मानका साथ एक दर्जन गीत प्रस्तुत गरे ।

जीवनमा दोस्रो पल्ट पोखरा पुगेकी शान्तिलाई नेपालबाट दिइएको यो पहिलो यस्तो सम्मान थियो ।

हार्मोनी पछि शान्ति ठटाललाई अर्को वर्ष छिन्नलता गीत पुरस्कार गुठीले पनि सम्झ्यो , विशेष सम्मानका लागि । छिन्नलताको यो विशेष सम्मान पछि मदन पुरस्कार गुठीले यसपालि उनलाई जगदम्बा श्री ले सम्मान गर्ने निर्णय गरेको छ ।

फ्ल्याशब्याकमा

जगदम्बा श्री नेपालमा पहिलो पटक विक्रमाब्द २०४५ देखि दिन थालिएको हो । यो पुरस्कार ( वा सम्मान ) पहिलो पटक गायक नारायणगोपाल गुरुवाचार्यलाई दिइएको थियो ।

नारायणगोपालबाट शुरु भएर ३२ वर्ष पछि शान्ति ठटालको पोल्टामा आएको यो सम्मान संगीत जगतमा तारादेवी , धर्मराज थापा, अम्बर गुरुँग, लोककवि अलि मियाँ हुँदै आइपुगेको छ ।

यो ढिलो हो कि चाँडो , यसको हिसाब पछ्र्यौट बाँकी नै हुन जाला । तर यही कथालाई जस्टिफिकेशन थ्योरीमा हेर्ने हो भने अन्यत्र तिर अझै अन्याय नै भएको होला । शास्त्रीय संगीतका धरोहरहरु विना नाम र परिचय नै हराइरहेका छन् , चित्रकला र अन्य कला पक्षका साधकहरु विना कुनै जगदम्बाश्री, विना कुनै छिन्नलता विस्तारै सेलाइरहेका छन् ।

नारायणगोपाल पछि यो सम्मान दिइँदा अम्बर गुरुँगले अस्वीकृत भाव देखाएका थिए तर नारायणगोपाल बत्तीस वर्षपछि शान्ति ठटालले सम्झिएकोमा पनि गर्व त गर्नैपर्छ । नारायणगोपालसित सहकार्य गरेका कारणले नारायणगोपाल संगीत कोशले डेढ दशक अगि नै शान्ति लाई स्वरसम्राट स्मृति सम्मान दिइसकेको छ । तर शान्ति ठटाललाई हेटौँडास्थित भीम विराग प्रतिष्ठानबाट विजुली वन श्रेष्ठ पुरस्कारले सम्मानित गर्दा यसका आयोजक कन्हैयाकृष्ण श्रेष्ठले पहिलो चरणमै सम्झेका थिए ।

समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको यो पुरस्कार अम्बर गुरुँग पछि शान्ति ठटालले पाएकी थिइन् ।

अन्त्यमा: अम्बर शान्ति कनेक्शन

संगीतकार अम्बर गुरुँगको सांगीतिक जीवनमा तीनजना महिला गायिकाको रुपमा आए , अरुणा लामा, शान्ति ठटाल र निर्मला श्रेष्ठ ।

अरुणा लामाको पहिलो गीत आज यौवन किन उदास उदास छ यहाँ … पछि अरुणाले अम्बरसित केही युगल गीत पनि गाइन् र केही सोलो गीत त पछि सम्म गाइन् ।

शान्ति ठटालको पहिलो गीत सम्हालेर राख, सँगालेर राख पछि शान्तिले अम्बरको संगीतमा मेरो दुःखी मन, आकाश झुक्यो धरती उठ्यो , जहिले तिमी आऊ विरानीले छाउँछ आदि गाइन् तर युगल गीतको मौका उनलाई मिलेन ।

अरुणा लामा र निर्मला श्रेष्ठ दुवै विशेषतः गायिका थिए , शान्ति ठटाल गायिका वाहेक संगीतकारितामा पनि दख्खल राख्थिन् । पछि उनले संगीतकर्ममै बढी समय विताइन् ।

अम्बर गुरुँगले संगीतकारका रुपमा अरुणा लामा, निर्मला श्रेष्ठ, तारादेवी सित धेरै काम गरे भने गायिका दिलमाया खाति र मीरा राणा सित विल्कुल नै काम गरेनन् । संगीतकारका रुपमा शान्ति ठटालले पनि अरुणा लामासित धेरै सहकार्य गरिन् भने निर्मला श्रेष्ठ, दिलमाया खाति , तारादेवीसित कहिल्यै पनि काम गरिनन् तर अम्बरले मननपराएका गायिका मीरा राणालाई एउटा गज्जबको गीत दिइन् , जीएस लामाको शब्दमा

युगौँ वित्यो तिमी सम्म आइ पुग्ने बाटो हरायो …

यो गीत मीरा राणाको जीवनको एक मानक गीत मानिन्छ । तर चाहेर पनि मीरा राणाले अम्बरको गीत गाउन पाइनन् ।

समवयी भएपनि दिलमाया र शान्तिले पनि सहकार्य गर्न पाएनन् । अम्बर र शान्ति ठटालको सांगीतिक यात्रामा गीतकारको पेरिफेरि चैँ करीब करीब एक समान नै रहे , वल्लभ, वैरागी , इन्द्र थपलिया , गगन गुरुँग आदि ।

शान्ति ठटालले संगीतकारको रुपमा आफूले मनपराएका गायिकाहरुमा उर्मिला श्रेष्ठ, मीरा राणा, किड्डी भुटिया र दावा ग्याल्मोलाई असाध्य मनपराएकी छिन् भने गायिका संगीता प्रधानलाई संगीतको ज्ञाता मानेकीछिन् ।

शरण प्रधानको संगीतको मैले जीवनलाई सजाएँ लाई उनले आफूले गर्ने खालको गीत भनेकी छिन् भने शरण रञ्जीतको यहाँ फूल नखिलेछ लाई कालजयी गीत मानेकी छिन् ।