२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै पटक चार वटासम्म बाजा बजाउने यी कलाकारको कला



अ+ अ-

एजेन्सी । रोल्पा जिल्लाका ३३ वर्षीय टेकबहादुर पुन मगर एकै पटक चार वटासम्म बाजाहरू बजाउँदै नेपालका गाउँबस्ती घुम्ने गरेका छन्। उनले फरक शैलीमा केही गरौँ भन्ने उदेश्यका साथ 'वान म्यान वान ब्यान्ड नेपाल' सुरु गरेका हुन् ।

उनी 'वान म्यान वान ब्यान्ड नेपाल' अर्थात एकल सांगितिक समूह भनेर आफूलाई चिनाउन साङ्गीतिक यात्रामा रहेको बताउँछन्।

'झन्डै १० वर्षको विदेश बसाइपछि सङ्गीतमा केही गर्नुपर्छ भन्ने लाग्यो र अझै राम्रोसँग बुझ्ने कोसिस गरेँ। मेरो चाहना पूरा गर्छु भन्ने अठोटले गर्दा अहिले फेरि नेपाल फर्केर 'वान म्यान वान ब्यान्ड' लाई अगाडि बढाउने कोसिस गरेको छु,' उनले भने।