२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्रिभ्युः राजस्थानमा बोल्ट कमब्याक हुन सक्ने, कोलकातामा परिवर्तन हुने सम्भावना कम



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत राजस्थानले छैटौं खेल कोलकाता नाइट राइडर्ससँग खेल्दैछ। यस प्रतियोगितामा राजस्थानको टोलीले पछिल्लो तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ भने कोलकाताले पनि अन्तिम दुवै खेलमा हार बेहोरेको छ ।

दुवै टोलीले यो खेल जितेर अंक तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छन् । कोलकाताका कप्तान श्रेयस अय्यरले अन्तिम खेलमा तीन परिवर्तन गरेका थिए । यसका बाबजुद पनि उनको टोलीले हार बेहोर्नुपरेको थियो । त्यस्तै ट्रेन्ट बोल्टले राजस्थानका लागि यसअघिको खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा, टोलीको बलिङ आक्रमण पूर्णतया सामान्य देखिन्थ्यो । यो खेलमा उनी फर्कने अपेक्षा गरिएको छ ।

कोलकाताको टोलीले पछिल्लो खेलमा परिवर्तन गरेको थियो र खेलमा हार बेहोरेको थियो, तर यो खेलमा परिवर्तनको सम्भावना कमै रहेको छ । अर्कोतर्फ, राजस्थानको टोली ट्रेन्ट बोल्ट फिट भएर टिममा फिर्ता चाहन्छ ।

राजस्थान रोयल्स
राजस्थानका लागि ओपनिङमा जोस बटलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यस प्रतियोगितामा शतक बनाएका छन् र सर्वाधिक रन बनाउने खेलाडी पनि उनै छन्, तर उनका साझेदारले खास केही गर्न सकेका छैनन् । पहिले यशस्वी जैसवाल र त्यसपछि देवदत्त पडिक्कलले इनिङ्स सुरु गरे पनि दुवैले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

तेस्रो नम्बरमा रहेका कप्तान सञ्जु सामसन राम्रो फर्ममा छन् तर लामो इनिङ्स खेल्न सकेका छैनन् । डुसेनले पनि दुई खेलमा खासै प्रदर्शन गर्न सकेका छैनन् । तर, अन्तिम ओभरमा हेटमायरले राम्रो प्रदर्शन गरिरहेका छन् ।

राजस्थानको बलिङ पक्ष बलियो छ । अश्विन र चहलको जोडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै, बोल्ट र कृष्णाले पनि उत्कृष्ट बलिङ गरिरहेका छन् । चोटका कारण बोल्टले पछिल्लो खेल नखेल्ने भए पनि यो खेलमा उनको खेल्ने सम्भावना छ ।

पछिल्लो खेलमा बोल्टको स्थानमा आएका निशमले कुनै प्रभाव छोड्न सकेनन् । कुलदीप सेनले पनि पहिलो खेलमा अन्तिम ओभर बाहेक केही खास गर्न सकेनन् भने रियान पराग टोलीको सबैभन्दा कमजोर साबित भएका छन् ।

कोलकाता नाइट राइडर्स
कोलकाताका कप्तान श्रेयस अय्यरले अन्तिम खेलमा नै तीन परिवर्तन गरेका थिए । लगातार खराब प्रदर्शनका कारण रहाणे टोलीबाट बाहिरिएका थिए । उनको स्थानमा एरोन फिन्चले मौका पाए । पहिलो खेलमा फिन्च फ्लप भए पनि उनले थप मौका पाउने पक्का छ । उता, वेंकटेशले आफ्नो टोलीका लागि राम्रो इनिङ खेलेका छन् । उनीबाट अझै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कप्तान श्रेयस राम्रो लयमा छन् तर म्याच जित्ने इनिङ्स खेल्न सकेका छैनन् । चौथो नम्बरमा रहेका नितिश रानाले पछिल्लो खेलमा अर्धशतक बनाएका थिए ।

शेल्डन ज्याक्सनको लय त्यति चित्तबुझदो छैन । तर रसेल र कमिन्सले तल्लो क्रमलाई सम्हालिरहेका छन् । उता, बलिङमा उमेशले पावरप्लेमा र नरेनले मिडल अर्डरमा राम्रो खेल देखाइरहेका छन् । पछिल्लो खेल बाहेक वरुण चक्रवर्तीको प्रदर्शन पनि राम्रो रहेको छ । तर, अन्तिम ओभरमा प्याट कमिन्स र रसेलले रन दिइरहेका छन् । कोलकाताका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय रहेको छ ।

राजस्थानको सम्भावित – ११
जोस बटलर, देवदत्त पडिक्कल, सञ्जु सामसन (कप्तान), रुसी भान डर डुसेन, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, रियान पराग, ट्रेन्ट बोल्ट, कुलदीप सेन, प्रशान्त कृष्ण, युजवेन्द्र चहल ।

कोलकाता सम्भावित टोली – ११
आरोन फिन्च, वेंकटेश अय्यर, श्रेयस अय्यर (कप्तान), नितिश राणा, आन्द्रे रसेल, शेल्डन ज्याक्सन (विकेटकीपर), प्याट कमिन्स, सुनील नारायण, उमेश यादव, अमन हाकिम खान, वरुण चक्रवर्ती ।

खेल समयः ७ः४५ बजे