६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानापछि सुप खानुका यस्ता छन् फाइदा, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौँ । खाना खाएपछि धेरै मानिसहरुले सुप चपाउने गर्छन न यसलाई अघाउने गरी खाइन्छ, न त कुनै तलतल मेट्नलाई । त्यसो भए सुप किन खाइएको होला ? जनस्वास्थ्यविद् अरुणा उप्रती अनुसार सुप क्याल्सियम, सोडियम, आयरन र पोटासियमको स्रोत पनि हो । यसमा औषधिय गुण हुन्छन् ।

खाना खाइसकेपछि सुप चपाउनुको फाइदा :

  • सुपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसँग दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।
  • सुपले कब्जियतको समस्या हुन दिँदैन ।
  • यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।
  • सुपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।
  • पखाला लागेमा सुपको सेवन उत्तम मानिन्छ । सुपलाई बेलको गुदीसँग बिहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।
  • खोकीमा पनि सुप निकै उपयागी मानिन्छ । सुपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या हटेर जान्छ ।
  • खानापछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरीचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।
  • दैनिक रुपमा सुपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।
  • हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सुप र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसँग खानाले पनि हातखुट्टा पोल्ने समस्या कम भएर जान्छ ।

(एजेन्सीको सहयोगमा)