• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ

क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग



काठमाडौँ । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको छ । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थाल्नुभएको हो ।

बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गर्नुभएको थियो । गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको अन्तिम सातामा मात्र त्रिवि शिक्षण अस्पतालले दायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि गरेको थियो ।

गत माघ २ देखि किमोको औषधि सुरु गरिएकामा हालसम्म चारपटक किमो दिइसकेको परिवारले जनाएको छ । केही वर्षअघि राष्ट्रिय समाचार समितिबाट सेवा निवृत्त हुनुभएका उहाँको आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताइएको छ । क्यान्सर जस्तो जटिल एवं आर्थिक व्ययभार बढी हुने रोगबाट पीडितलाई राज्यले निःशुल्क उपचारको प्रबन्ध हुनुपर्ने बज्राचार्य बताउनुहुन्छ । रासस