• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा



नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।

प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ ।

पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । यसैगरी गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिर्वतन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । रासस