• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने

सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु



कमलामाई । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो ।

यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल कुहाउने औँसा नियन्त्रणका लागि छरिएको हो, प्रोटिन वेटमा कीरा आकर्षण हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र कीरा मर्छ, त्यसैले जुनारको फलमा अण्डा पार्न सक्नैन्, जसले गर्दा किराको औँसा विकास हुँदैन र फल जोगाउन सक्छौँ ।”

यतिबेला बोटमा जुनारको फल गुच्चा आकारको भएको छ । प्रोटिन–वेट बगैँचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा छर्कने गरिएको छ । जुनार बगैँचामा प्रोटिन–वेट छर्किन स्प्रेकर्तालाई तालिम दिएर बगैँचामा खटाइएको छ । यतिबेला स्प्रेकर्ता आफ्नो स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउँदै जुनार बगैँचामा प्रोटिन वेट छरिरहेका देख्न सकिन्छ । फलेका तीन बोटमध्ये एक बोट जुनारको निश्चित ठाउँमा चिन्ह लगाइ एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन–वेटको घोल साताको एक पटक १० सातासम्म स्प्रे गर्नुपर्ने हुन्छ ।

सात वर्षअघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने गरिएको छ । प्रोटिन–वेट विषादी छर्केपछि जुनारको दाना कुहाउने तथा औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रणमा आएको जुनार कृषक नारायण सापकोटाको भनाइ छ ।

उहाँले अघिल्लो वर्ष दुई सय बोटको जुनार बिक्री गरेर रु पाँच लाख आम्दानी गर्नुभएको थियो । कृषक सापकोटाको बगैँचामा अहिले तीन सय ५० जुनारका बोट छन् । उहाँले जुनार बगैँचाभित्र लसुन, प्याजलगायत तरकारीजन्य खेती पनि गर्नुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको तथ्याङ्कलाई आधार मान्दा सिन्धुलीमा हाल एक हजार ५० हेक्टरमा जुनारको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिका तथा कमलामाई नगरपालिकाको वडा नं ३ जुनारका ‘पकेट क्षेत्र’ हुन् । रासस