१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम 



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट लगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका नेता बामदेव गौतमले आफू एमालेमा नै आएर काम गर्न चाहेको बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा नेता गौतमले पार्टी फुटेपछि पार्टी अध्यक्ष केपी ओलीले पहिलो पटक बोलाउँदा आफू नआएको तर दोस्रो पटक बोलाउँदा गएर मलाई के काम जिम्मा दिनुहुन्छ, अरूलाई के जिम्मा दिनुहुन्छ भनेर कुरा राखेको स्मरण गर्नुभयो । ‘उहाँले भन्नुभयो हाइ लेबल कमिटीले निर्णय गर्छ तपाईँहरूको बारेमा भन्नुभयो, हाइ लेबल कमिटीले निर्णय कहिले गरेको छ, आजसम्म पर्खेर बसेको छु, झण्डैँ सात आठ महिना भइसक्यो’, गौतमले भन्नुभयो ।

गौतमले मान्छेबाट गल्ती हुने बताउँदै आफूबाट गल्ती कमजोरी भएका र त्यो देखिएका बताउनुभयो । आफू फेरी आत्मालोचना गरेर पार्टीमा आएको उहाँको भनाइ छ । ‘अहिले म ७५ वर्षको छु, उहाँले होइन तपाईँ ७६ वर्ष हुनुभयो भन्नुभयो, हो ७६ वर्ष भए पनि ल छु, बढेर के फरक पर्योर झन् राम्रै भयो, मेरो हिसाबले ७५ हो, तपाईँको हिसाबले ७६ वर्ष भयो, तर मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पुरा गर्न सक्छु’, गौतमले भन्नुभयो ।

पार्टी फुटेको बेला आफूलाई चित्त दुखेर कतै पनि नलागेको बताउँदै गौतमले पार्टी मिलाउनको लागि आफूले एउटा फोरम बनाएको स्मरण गराउनुभयो । तर फुट्ने र फुटेर जाने दुवैले आफैलाई पार्टी फुटायो भन्ने आरोप लगाएका भन्दै उहाँले गुनासो गर्नुभयो ।

पार्टी फुटेको बेलामा केपी ओलीले बोलाउँदा आफू एमालेमा नजानु गल्ती भएको गौतमले स्विकार्नुभयो । केपी ओलीले यस्तो बेलामा बिचमा बस्नु हुँदैन, आउनुस् नत्र तपाईँलाई घाटा लाग्छ भनेको स्मरण गर्दै गौतमले आज त्यही घाटा आफूले बेहोरिरहेको बताउनुभयो । ‘त्यसैले आज घाटा लागेको छ कमरेड, म त्यस बेला जानु पर्दथ्यो तपाईँले बोलाएको बेलामा’, गौतमले भन्नुभयो ।

पार्टी फुटेको बेला केपी तिर जाँदा प्रचण्डलाई गाली गर्नुपर्ने र प्रचण्डतिर जाँदा केपीलाई गर्नुपर्ने भएकोले आफू कतै जान नसकेको उहाँले स्पष्टीकरण दिनुभयो । ‘त्यस बेला पार्टी फुटाएको मैले हुँदै होइन, २०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन, निष्कासन गरेपछि नयाँ पार्टी बनाइयो, रियलाइजेसन भएपछि फर्केर आइयो, अहिले पनि पहिला बोलाएको बेला जानु पर्दथ्यो जान सकिनँ’, उहाँले भन्नुभयो ।

पार्टी फुट्न लागेको बेला आफूले केपीलाई साथ दिनु पर्ने भए पनि केपीले साथ नै नखोज्नुभएको उहाँले बताउनुभयो । ‘तपाईँले साथ नै खोज्नु भएन, मैले कसरी साथ दिने रु’, गौतमको प्रश्न थियो ।
सबै अनुभवले केपी ओलीको खुट्टा तान्न र ढाल्नको लागि आफू एमालेमा आउन लागेको नभई उहाँलाई सघाउन आउन लागेको गौतमले बताउनुभयो । ‘तपाईँले जति उपलब्धि हासिल गर्नुभएको छ, त्यो भन्दा बढी उपलब्धि हुने गरी म आउँछु’, गौतमले ओलीलाई भन्नुभयो ।

आउने २०८४ को निर्वाचनमा एमालेले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाउन आफूले ओलीलाई सुझाव दिएको गौतमले बताउनुभयो । आफूले फेरी पार्टी फुटाउँछ  कि भन्ने डर लाग्छ भने आफूसँग अरू कोही मानिस राखिदिन गौतमले ओलीलाई आग्रह गर्नुभयो । ‘नमर्दासम्म मैले काम गर्न पाउनुपर्छ, मरेपछि कम्युनिष्ट पार्टीको झण्डा ओढ्न पाउनु पर्छ, मेरो कुरा यत्ति हो’, गौतमले भन्नुभयो ।