• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग



काठमाडौँ । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको छ । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थाल्नुभएको हो ।

बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गर्नुभएको थियो । गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको अन्तिम सातामा मात्र त्रिवि शिक्षण अस्पतालले दायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि गरेको थियो ।

गत माघ २ देखि किमोको औषधि सुरु गरिएकामा हालसम्म चारपटक किमो दिइसकेको परिवारले जनाएको छ । केही वर्षअघि राष्ट्रिय समाचार समितिबाट सेवा निवृत्त हुनुभएका उहाँको आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताइएको छ । क्यान्सर जस्तो जटिल एवं आर्थिक व्ययभार बढी हुने रोगबाट पीडितलाई राज्यले निःशुल्क उपचारको प्रबन्ध हुनुपर्ने बज्राचार्य बताउनुहुन्छ । रासस