४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै



अ+ अ-

काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ ।

खेल अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाल सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल्न बेलायत पुगेको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते घरेलु मैदान दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघि नै बाहिरिइसकेको छ ।