• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

ला लिगाः सेभियाविरुद्ध रियलको सानदार पुनरागमन जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई उसकै मैदानमा ३–२ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको रियलले खेलमा कमब्याक गर्दै जित निकालेको हो ।

खेलको २१ औं मिनेटमा इभान राकिटिच र २५ औं मिनेटमा एरिक लामेलाको गोलमा सेभियाले दुई गोलको सुरुवाती अग्रता बनाएको थियो ।

यता, ५० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को स्थितीमा ल्याए । ८२ औं मिनेटमा नाचोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिनै लाग्दा इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई जित दिलाए ।

रियल ३२ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा यथावत छ । सेभिया समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।