२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार सँग थाहा नगरपालिकाको पालुङदेखि कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने पस्ताव गर्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेक अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रमहरु माथिको छलफलमा बोल्दै उहाँले यो मार्ग बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मकवानपुर जिल्लाको दुई ठुला राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको बीचमा रहेका ४ वटा स्थानीय तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवश्यक रहेको छ ।”

यस्तै, उहाँले चितवन तथा नारायणी पारिका नागरिकहरुको काठमाडौँसँगको पहुँचका लागि यो मार्ग अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “मुग्लीङ–नारायणगढ सडकमा अवरोध हुँदाखेरी यसको वैकल्पीक बाटो छैन । त्यसकारण मनहरीको सिम्पानी देखि थाहा र चित्लाङ हुँदै वैकल्पिक मार्ग बनाउन आवश्यक छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँका अनुसार रुपचन्द्र विष्ट जनमुखी गरिब किसानहरुको नेता तथा थाहा आन्दोलनको प्रणेता हुनुहुन्छ । उहाँ दामनमा जन्मिएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठीत गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुने बर्तौलाको भनाई छ ।