१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार सँग थाहा नगरपालिकाको पालुङदेखि कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने पस्ताव गर्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेक अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रमहरु माथिको छलफलमा बोल्दै उहाँले यो मार्ग बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मकवानपुर जिल्लाको दुई ठुला राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको बीचमा रहेका ४ वटा स्थानीय तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवश्यक रहेको छ ।”

यस्तै, उहाँले चितवन तथा नारायणी पारिका नागरिकहरुको काठमाडौँसँगको पहुँचका लागि यो मार्ग अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “मुग्लीङ–नारायणगढ सडकमा अवरोध हुँदाखेरी यसको वैकल्पीक बाटो छैन । त्यसकारण मनहरीको सिम्पानी देखि थाहा र चित्लाङ हुँदै वैकल्पिक मार्ग बनाउन आवश्यक छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँका अनुसार रुपचन्द्र विष्ट जनमुखी गरिब किसानहरुको नेता तथा थाहा आन्दोलनको प्रणेता हुनुहुन्छ । उहाँ दामनमा जन्मिएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठीत गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुने बर्तौलाको भनाई छ ।