४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा क्रोएसिया र अल्बानियाबीच प्रतस्पिर्धा हुँदैछ ।

यो खेल नेपाली समयानुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा हार बेहोरेका दुबै टोली पहिलो जितको खोजीमा छन् ।

यस्तै राति ९ः४५ बजे आयोजक जर्मनीले हंगेरीको सामना गर्दैछ । जर्मनी लगातार दोस्रो जितको खोजीमा छ भने हंगेरी जर्मनीलाई हराउँदै खाता खोल्ने दाउमा छ ।

यस्तै, आज मध्यरातमा १२ः४५ बजे स्वीट्जरल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । स्वीट्जरल्यान्ड लगातार दोस्रो जितको खोजीमा रहँदा स्कटल्यान्ड पहिलो जितको खोजीमा रहेका छ ।