६ भाद्र २०८३, शनिबार
,
Latest
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतले पेरिस पारालिम्पिक खेल्ने



अ+ अ-

काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ ।

भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसंग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औं स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए । भियतनामा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन् । अहिले पनि भरत ५८ औं स्थानमा कायम छन् ।

पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।