• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

टी–२० विश्वकप: सुपर–८ को पहिलो खेल अमेरिका र दक्षिण अफ्रिकाबीच हुँदै



एजेन्सी । टी–२० विश्वकप २०२४ मा आजदेखि सुपर–८ का खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेल दक्षिण अफ्रिका र पहिलो पटक विश्वकप खेलेको अमेरिकाबीच हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । अमेरिका पहिलो पटक विश्वकप मात्र खेलिरहेको छैन, सुपर ८ चरणमा पनि पुगेको छ ।

सुपर ८ मा समूह ए बाट अमेरिका र समूह डी बाट दक्षिण अफ्रिका परेको छ । अमेरिकी टोलीले पाकिस्तान र क्यानडालाई हराएको थियो भने दक्षिण अफ्रिकाले आफ्ना सबै लिग खेल जितेको छ । दुवै टोली पहिलो पटक क्रिकेट मैदानमा आमनेसामने हुँदैछन् ।

यस विश्वकपमा एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियमको ट्र्याक रेकर्ड पहिले बलिङ गर्ने पक्षमा रहेको छ । पछ्याउने टोलीहरू खेलमा विजयी भएका छन् । यहाँ १७ टी२० खेलहरू भएका छन् भने ६२ प्रतिशत विकेट तेज बलरहरूले लिएका छन् । टस जित्ने टोलीले बलिङ गर्न रुचाउनेछ, किनभने यहाँ आयोजित विश्वकपका ४ खेलमा ३ खेल पछ्याउने टोलीले जितेको छ ।

सुपर–८ मा दुई समूह छन् । समूहमा ४ टिम रहेका छन्, जसले एकअर्कासँग खेल्नेछन् । आजको खेल जित्न सके सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।