१२ आश्विन २०८१, शनिबार
,
Latest
पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपका समूह चरणका ४० खेलमा एउटा पनि शतक बनेन



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपको सुपर–८ चरण आजदेखि सुरु हुँदैछ । जुन १८ सम्म ४० खेल भइसकेका छन् । समूह चरणमा १६ खेलाडीले समग्रमा १०० भन्दा बढी रन जोडे, तर तीमध्ये कसैले पनि शतक बनाउन सकेनन् ।

समूह चरणमा २६ अर्धशतक बनाए पनि एक खेलाडीले पनि शतक बनाउन सकेनन् । वेस्ट इन्डिजका निकोलस पूरनले अन्तिम समूह खेलमा अफगानिस्तानविरुद्ध ९८ रन बनाए, जुन अहिलेसम्मकै उच्च स्कोर हो ।

समूह चरणमा १६ खेलाडीले ५ वा सोभन्दा बढी छक्का प्रहार गरे । अमेरिकाका आरोन जोन्स र वेस्ट इन्डिजका निकोलस पूरन १३–१३ छक्कासहित शीर्ष स्थानमा रहे ।

समूह चरण निकै कम स्कोरिङ भएको थियो, जसमा ८० इनिङ्समा १८० भन्दा बढीको स्कोर मात्र ८ पटक भयो, जसमध्ये २०० भन्दा बढी स्कोर मात्र ३ पटक भयो । तेस्रो २०० प्लस स्कोर वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध बनाएको अन्तिम समूह खेलमा थियो । जसमा टोलीले २१८ रन बनाएको थियो, जुन अहिलेसम्मकै उच्च स्कोर हो । यो बाहेक अष्ट्रेलिया र श्रीलंकाको टिमले मात्रै २०० भन्दा बढी स्कोर बनाउन सके ।