२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः चेन्नईलाई गुजरातले हरायो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत गुजरात टाइटन्सले चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा गुजरातले १९.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

गुजरातका लागि ‘किलर मिलर’ले परिचित डेभिड मिलरले उत्कृष्ट ब्याटिङसहित तुफानी इनिङ्स खेल्दै खेल जिताए । मिलरले ५१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित ९४ रन बनाए ।

१७ ओभरमा गुजरातको स्कोर पाँच विकेटको क्षतिमा १२२ रन थियो । त्यसपछि अन्तिम तीन ओभरमा टोलीलाई ४८ रन आवश्यक थियो । यो खेल चेन्नईले जित्छ भन्ने लाग्थ्यो तर त्यसपछि गुजरातका स्ट्यान्ड इन कप्तान राशिद खानले सानदार प्रदर्शन गरे । क्रिस जोर्डनको १८ औं ओभरमा उनले र मिलरले मिलेर २५ रन बनाए । यस ओभरमा राशिदले तीन छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि अर्को ओभरमा ड्वेन ब्राभोले राशिद खान र अल्जारी जोसेफलाई पभिलियन पठाए । राशिद २१ बलमा ४० रन बनाएर आउट भए । गुजरातलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। जोर्डन फेरि बलिङ गर्न आए । पहिलो दुई बलमा कुनै रन भएन । मिलरले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा मिलरले क्याच गरे तर त्यो नो बल सावित भयो ।

मिलरले फ्रि हिटमा चौका प्रहार गरे । मिलरले अर्को बलमा दुई रन लिएर गुजरातलाई जित दिलाए। गुजरात ६ खेलबाट पाँच जित र एक हार ९१० अंक० सहित अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै, चेन्नईको टोली एक जित र पाँच हारसहित ६ खेलबाट दुई अंक जोडेर नवौं स्थानमा छ । चेन्नईको अर्को खेल अप्रिल २१ मा मुम्बई इन्डियन्ससँग हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६९ रन बनाएको थियो । सीएसकेको सुरुवात खराब रह्यो र सातको स्कोरमा पहिलो झट्का लाग्यो । यसअघिको खेलका ‘हिरो’ रोबिन उथप्पा १० बलमा तीन रन बनाएर आउट भएका थिए । उनलाई शमीले एल्बडब्लू आउट गरेका थिए । खराब फर्ममा रहेका मोइन अलीले यो खेलमा पनि खासै केही गर्न सकेनन् र एक रन बनाए । उनलाई अल्जारी जोसेफले बोल्ड गरेका थिए ।

यसपछि ऋतुराज गायकवाडले अम्बाती रायडुसँग मिलेर चेन्नईको इनिङ्सलाई सम्हालेका थिए । दुवैले तेस्रो विकेटका लागि ५६ बलमा ९२ रनको साझेदारी गरे । यसैबीच, ऋतुराज फर्ममा फर्किए र सिजनको पहिलो अर्धशतक बनाए । समग्रमा यो उनको आठौं अर्धशतक हो । अर्कोतर्फ, रायुडू अर्धशतक बनाउनबाट चुके । रायुडू ३१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट भए । सोही क्रममा ऋतुराज ४८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन बनाएर आउट भए ।

शिवम दुबेले १७ बलमा १९ रन र कप्तान रविन्द्र जडेजाले १२ बलमा अविजित २२ रन बनाए । दुबे इनिङ्सको अन्तिम बलमा आउट भए । अल्जारी जोसेफले दुई विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक–एक विकेट लिए ।