५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशु व्यापारमा बढ्दै आकर्षण



अ+ अ-

बाँके । एक दिनको कमाइले हप्तादिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ ।

बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् । अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहेनतका साथ काम गर्नुपर्ने र भनेको जस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरुको आकर्षण बढ्दै गएको हो ।

पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेशामा लागेको स्थानीयहरुको भनाइ छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्छन् । बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेको बताउनुहुन्छ, पशु व्यापारी जमीर खाँ । उहाँले छिमेकी गाँउ र जिल्लाका मानिसहरुले गाँउबाट भैँसी, राँगा किन्ने र पशु हाट बजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको बताउनु भयो । करिव २५ वर्षदेखि यो पेशा गर्दै आउनुभएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरुले काम पाएको पनि बताउनु भयो ।

त्यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अलीले पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताउनु भयो । उहाँले पशु हाट बजारबाट स्थानीयहरु सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको बताउनु भयो ।

स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थाल्नुभएको लगभग २० वर्ष भयो । उहाँले लकडाउनमा केही कम भएपनि अहिले भने पशु बजारमा किनबेच हुने संख्या बढीरहेको बताउनु भयो । उहाँले हरेक हप्तामा १० हजारसम्म नाफा भइरहेको बताउनु भयो ।

स्थानीयहरुले पशु हाट बजारलाई अम्दानीको स्रोतको माध्याम बनाएका छन् । तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरुको गुनासो छ ।