२ श्रावण २०८३, शनिबार
,
Latest
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले मारियुपोललाई ‘पूर्णरूपमा मुक्त’ गरेको भन्दै आत्मसमर्पण गर्न आग्रह



अ+ अ-

एजेन्सी । रुसले आफ्नो सेनाले प्रमुख सहर मारिउपोलको सहरी क्षेत्र खाली गरेको र युक्रेनी लडाकुहरूको सानो टुक्रा घेरामा परेको दक्षिणी बन्दरगाहमा रहेको स्टिल कारखानाभित्र रहेको बताएको छ।

युद्धको सबैभन्दा ठूलो लडाईं र सबैभन्दा खराब मानवीय प्रकोपको दृश्य मानिएको मारिउपोललाई नियन्त्रणमा लिएको रुसको दाबीलाई स्वतन्त्ररूपमा प्रमाणित गर्न सकिएको छैन।

मस्कोले गत महिना खेरसनलाई पूर्ण नियन्त्रण रहेको दाबी गरेपछि रुसी सेनाको हातमा परेको यो पहिलो प्रमुख सहर हुनेछ।

“मारिउपोलको सम्पूर्ण शहरी क्षेत्र पूर्ण रूपमा खाली गरिएको छ । युक्रेनी समूहका अवशेषहरू हाल अजोभस्टल मेटलर्जिकल प्लान्टको क्षेत्रमा पूर्ण रूपमा नाकाबन्दी गरिएका छन्”, रुसी रक्षा मन्त्रालयका प्रमुख प्रवक्ता इगोर कोनाशेन्कोभले भने, “तिनीहरूको जीवन बचाउने एउटै मौका भनेको स्वेच्छाले हतियार राख्नु र आत्मसमर्पण गर्नु हो।”

प्रवक्ता कोनाशेन्कोभ अनुसार एक हजार ४६४ युक्रेनी सैनिकहरूले पहिले नै ‘मारिउपोलको मुक्तिका क्रममा’ आत्मसमर्पण गरिसकेका छन्।