२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

रसिदसँगै सवारी अनुमतिपत्र

रसिदसँगै सवारी अनुमतिपत्र
अ अ+ अ-

बर्दियाको ददबार–५ का दर्पन थारुले गत असोज १२ गते यातायात व्यवस्था कार्यालय पोखरामा मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षण (ट्रयाल) बर्दियाको ददबार–५ का दर्पन थारुले गत असोज १२ गते यातायात व्यवस्था कार्यालय पोखरामा मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षण (ट्रयाल) दिनुभयो । ट्रयालमा उत्र्तीण भए पनि लाइसेन्स पाउनका लागि वर्ष दिनभन्दा बढी पर्खनुपर्दछ भनेर साथीभाइले उहाँलाई भनेका थिए । जसले उहाँ निराशसमेत हुनुभयो । तर उहाँले आज बिहान कार्यालय खुलेलगत्तै राजश्व तिरेपछि लाइसेन्स पाउनुभयो । ट्रयाल पास भएको तीन दिनमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हातमा पाएपछि उहाँ फुरुङ्ग हुनुहुन्छ ।

शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीको परिसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको हातबाट सवारी चालक अनुमतिपत्र पाउँदा उहाँको अनुहारमा खुशी थियो । उहाँले भन्नुभयो, “मलाई त साथीले लाइसेन्स आउन छिटोमा डेढ÷दुई वर्षनै लाग्छ भन्नुभएको थियो । ट्रयाल पास भएपछि रसिद देखाएर सवारी चलाउन पाइने भए पनि लाइसेन्सनै आज तीनदिनमै पाउँदा खुशी लागेको छ ।”

सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र अभ्यास (ट्रायल) पास गरेकाले लाइसेन्सका लागि कम्तिमा पनि एक वर्ष प्रतिक्षा गर्नुपर्ने बाध्यता छ । कसैले योभन्दा बढी समय कुरेर बल्ल स्मार्ट सवारी चालक अनुमतिपत्र पाएका छन् । यातायात व्यवस्था विभागबाट लाइसेन्समा छपाईमा ढिलाई हुँदा देशका लाखौँ नागरिक लामो प्रतिक्षामा रहनुपर्ने अवस्था रहे पनि गण्डकी प्रदेशमा भने प्रदेश सरकारले आफैँ लाइसेन्स छपाई गरेर सेवाग्राहीलाई वितरण थालेको छ । 

सेवाग्राहीले राजश्व बुझाए लगत्तै लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको समन्वयमा प्रदेश सरकारले एक वर्षको समयावधि रहेको परीक्षणकालीन सवारी चालक अनुमति दिने कार्य आज पोखराबाट शुरु गरेको हो । गण्डकी प्रदेशका कास्की, नवलपुर र बाग्लुङमा रहेका यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रयाल सञ्चालन गरी लाइसेन्स वितरण गरिन्छ ।

लाइसेन्सका लागि वर्षदिनभन्दा बढी कुर्नुपरेका गुनासा नागरिबाट आउन थालेको सङ्घीयताभन्दा अघिनै हो । प्रदेश सरकारले ट्रायल पास लगत्तै परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिन शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय पोखराका सूचना अधिकारी प्रेम श्रेष्ठले अनुमतिपत्रका लागि अनलाइन आवेदन दर्तापछि बायोमेट्रिक गरेर लिखित र ट्रायल उत्तीर्ण भएकालाई राजश्व बुझाएलगत्तै लाइसेन्स प्रदान गरिने बताउनुभयो । सेवाग्राहीले ट्रायल उत्र्तीण भएको १५ दिनपछि कानून बमोजिम तोकिएको राजश्व दाखिला गर्नुपर्ने उहाँले बताउनुभयो ।

“सवारी चालक अनुमतिपत्रमा ढिलाइ हुँदा सेवाग्राहीबाट बारम्बार हुने सोधपुछले सेवाप्रवाह समेत प्रभावित हुने गरेको थियो”, श्रेष्ठले भन्नुभयो, “पहिला राजश्व बुझाएपछि रसिद दिएर पठाउने गरेकामा अबदेखि राजश्वको रसिदसँगै हातमै लाइसेन्स दिन्छौँ ।” परीक्षणका लागि शुरु गरिएको लाइसेन्स स्मार्ट चिप्सवाला भने होइन । तर क्युआरकोड रहेकाले ट्राफिक प्रहरीले मोवाइलबाटै सक्कली÷नक्कली परीक्षण गर्न सक्ने बताइन्छ । एकवर्षपछि यातायात व्यवस्था विभागबाट स्मार्ट लाइसेन्स आएपछि सेवाग्राहीलाई स्मार्टनै प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । 

यातायात व्यवस्था कार्यालय पोखरामा गत वर्ष चैतसम्म आवेदन गरेका ८० हजार सेवाग्राहीलाई लिखित र ट्रयालपछि क्रमशःअनुमतिपत्र प्रदान गरिने कार्यालय प्रमुख भरतराज काफ्लेले बताउनुभयो । परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण शुभारम्भ कार्यक्रममा मन्त्री खड्काले यातायात कार्यालय जनतासँग प्रत्यक्ष जोडिएकाले प्रदान गरिने सेवा सरल र जनमैत्री हुनुपर्ने बताउनुभयो । यातायातको सेवा परम्परावादी र लाइसेन्सका लागि लामो समय कुनुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकारले नयाँ थालनी गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र दिने अधिकार प्रदेश सरकारको नभएपनि यातायात व्यवस्था विभागसँगको समन्वय हामीले काम गरेका छौँ । सवारी लाइसेन्स जनताको अधिकार हो । यसलाई सहज बनाएका छौँ ।” गण्डकीका बाग्लुङ र नवलपरासीसमेतबाट केही दिनमै परीक्षणकालीन लाइसेन्स वितरण गरिने मन्त्री खड्काले जानकारी दिनुभयो । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले चालक अनुमतिपत्र प्राप्तिमा देखिएको कठिनाईलगायत यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज बनाउनका लागि मन्त्रालयले विभागसँग मिलेर काम गरिरहेको बताउनुभयो । दिनुभयो । ट्रयालमा उत्र्तीण भए पनि लाइसेन्स पाउनका लागि वर्ष दिनभन्दा बढी पर्खनुपर्दछ भनेर साथीभाइले उहाँलाई भनेका थिए । जसले उहाँ निराशसमेत हुनुभयो । तर उहाँले आज बिहान कार्यालय खुलेलगत्तै राजश्व तिरेपछि लाइसेन्स पाउनुभयो । ट्रयाल पास भएको तीन दिनमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हातमा पाएपछि उहाँ फुरुङ्ग हुनुहुन्छ ।

शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीको परिसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको हातबाट सवारी चालक अनुमतिपत्र पाउँदा उहाँको अनुहारमा खुशी थियो । उहाँले भन्नुभयो, “मलाई त साथीले लाइसेन्स आउन छिटोमा डेढ÷दुई वर्षनै लाग्छ भन्नुभएको थियो । ट्रयाल पास भएपछि रसिद देखाएर सवारी चलाउन पाइने भए पनि लाइसेन्सनै आज तीनदिनमै पाउँदा खुशी लागेको छ ।”

सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र अभ्यास (ट्रायल) पास गरेकाले लाइसेन्सका लागि कम्तिमा पनि एक वर्ष प्रतिक्षा गर्नुपर्ने बाध्यता छ । कसैले योभन्दा बढी समय कुरेर बल्ल स्मार्ट सवारी चालक अनुमतिपत्र पाएका छन् । यातायात व्यवस्था विभागबाट लाइसेन्समा छपाईमा ढिलाई हुँदा देशका लाखौँ नागरिक लामो प्रतिक्षामा रहनुपर्ने अवस्था रहे पनि गण्डकी प्रदेशमा भने प्रदेश सरकारले आफैँ लाइसेन्स छपाई गरेर सेवाग्राहीलाई वितरण थालेको छ । 

सेवाग्राहीले राजश्व बुझाए लगत्तै लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागसँगको समन्वयमा प्रदेश सरकारले एक वर्षको समयावधि रहेको परीक्षणकालीन सवारी चालक अनुमति दिने कार्य आज पोखराबाट शुरु गरेको हो । गण्डकी प्रदेशका कास्की, नवलपुर र बाग्लुङमा रहेका यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रयाल सञ्चालन गरी लाइसेन्स वितरण गरिन्छ ।

लाइसेन्सका लागि वर्षदिनभन्दा बढी कुर्नुपरेका गुनासा नागरिबाट आउन थालेको सङ्घीयताभन्दा अघिनै हो । प्रदेश सरकारले ट्रायल पास लगत्तै परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिन शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय पोखराका सूचना अधिकारी प्रेम श्रेष्ठले अनुमतिपत्रका लागि अनलाइन आवेदन दर्तापछि बायोमेट्रिक गरेर लिखित र ट्रायल उत्तीर्ण भएकालाई राजश्व बुझाएलगत्तै लाइसेन्स प्रदान गरिने बताउनुभयो । सेवाग्राहीले ट्रायल उत्र्तीण भएको १५ दिनपछि कानून बमोजिम तोकिएको राजश्व दाखिला गर्नुपर्ने उहाँले बताउनुभयो ।

“सवारी चालक अनुमतिपत्रमा ढिलाइ हुँदा सेवाग्राहीबाट बारम्बार हुने सोधपुछले सेवाप्रवाह समेत प्रभावित हुने गरेको थियो”, श्रेष्ठले भन्नुभयो, “पहिला राजश्व बुझाएपछि रसिद दिएर पठाउने गरेकामा अबदेखि राजश्वको रसिदसँगै हातमै लाइसेन्स दिन्छौँ ।” परीक्षणका लागि शुरु गरिएको लाइसेन्स स्मार्ट चिप्सवाला भने होइन । तर क्युआरकोड रहेकाले ट्राफिक प्रहरीले मोवाइलबाटै सक्कली÷नक्कली परीक्षण गर्न सक्ने बताइन्छ । एकवर्षपछि यातायात व्यवस्था विभागबाट स्मार्ट लाइसेन्स आएपछि सेवाग्राहीलाई स्मार्टनै प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । 

यातायात व्यवस्था कार्यालय पोखरामा गत वर्ष चैतसम्म आवेदन गरेका ८० हजार सेवाग्राहीलाई लिखित र ट्रयालपछि क्रमशःअनुमतिपत्र प्रदान गरिने कार्यालय प्रमुख भरतराज काफ्लेले बताउनुभयो । परीक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण शुभारम्भ कार्यक्रममा मन्त्री खड्काले यातायात कार्यालय जनतासँग प्रत्यक्ष जोडिएकाले प्रदान गरिने सेवा सरल र जनमैत्री हुनुपर्ने बताउनुभयो । यातायातको सेवा परम्परावादी र लाइसेन्सका लागि लामो समय कुनुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकारले नयाँ थालनी गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र दिने अधिकार प्रदेश सरकारको नभएपनि यातायात व्यवस्था विभागसँगको समन्वय हामीले काम गरेका छौँ । सवारी लाइसेन्स जनताको अधिकार हो । यसलाई सहज बनाएका छौँ ।” गण्डकीका बाग्लुङ र नवलपरासीसमेतबाट केही दिनमै परीक्षणकालीन लाइसेन्स वितरण गरिने मन्त्री खड्काले जानकारी दिनुभयो । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले चालक अनुमतिपत्र प्राप्तिमा देखिएको कठिनाईलगायत यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज बनाउनका लागि मन्त्रालयले विभागसँग मिलेर काम गरिरहेको बताउनुभयो ।