२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चीन सम्बन्धबारे चर्चा



अ+ अ-

काठमाडौं । सामन्तबादी चिन्तनकै कारण नेपाली समाज पछाडि परेको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बताउनुभएको छ । चीनको ७२औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले देश बनाउनेभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने प्रवृतिले देश पछाडि परेको धारणा व्यक्त  गर्नुभयो । 

प्रदेश प्रमुख शेरचनले चिनियाँ सहयोगमा स्थापित उद्योगले नेपालको आर्थिक विकासमा सहयोग पुगेको पनि बताउनुभयो । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले चिनसँगको छिमेकिपन र सम्बन्ध अन्योन्याश्रीत रहिरहने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रिले नेपाल चिन बीचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।  कार्यक्रमपछि ३०० विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । संस्थाका महासचिव मनिषकुमार जोशीका अनुसार नेपालस्थित चिनिया राजदूतावासको सहयोगमा प्राप्त खाद्यान्न स्थानीयलाई वितरण गरिएको हो । 




भर्खरै