२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दिल्लीलाई बैंग्लोरले हरायो



अ+ अ-

एजेन्सी । आईपीएलको २७ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १६ रनको शानदार जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आरसीबीले १८९ रनको रक्षा गर्दै सिजनको चौथो जित हात पारेको हो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा दुई टोलीबीच रोमाञ्चक खेल भएको थियो । उतारचढावले भरिएको खेलमा बैंग्लोरको टोलीले जित निकालेको हो । फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबी यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरका लागि दिनेश कार्तिकले अविजित ६६ रनको इनिङ्स खेले भने म्याक्सवेलले ५५ रन बनाए । यस्तै, जो हेजलवुडले बलिङमा सबैभन्दा बढी तीन विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १९० रनको लक्ष्यको जवाफमा दिल्लीले राम्रो सुरुवात गरेको थियो । पृथ्वी शा र डेभिड वार्नरले २७ बलमा ५० रनको साझेदारी गरे । पृथ्वी शाले १३ बलमा १६ रन बनाउँदै सिराजको बलमा अनुज रावतको हातबाट क्याच आउट भए । त्यसपछि वार्नरले सानदार रन बनाए र २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । त्यसपछि हसरंगाको बलमा ३८ बलमा ६६ रन बनाएर उनी एलबीडब्ल्यू आउट भए ।

वार्नर आउट भएपछि दिल्लीको विकेट झर्न थाल्यो र २१ रनमा दिल्लीले चार विकेट गुमायो । जोस ह्याजलवुडले ललित र पावेललाई सोही ओभरमा आउट गरेका थिए । कप्तान ऋषभ पन्त र शार्दुल ठाकुरले रन बनाउने प्रयास गरे र बलियो साझेदारी बनाउन थाले तर विराटले पन्तलाई एक हातमा समातेर बैंग्लोरलाई खेलमा फर्काए । यसपछि ब्याटिङ गरेको दिल्लीको टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सकेको थियो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको बैंग्लोरको सुरुवात राम्रो हुन सकेन । उसले तेस्रो ओभरमा १३ रनको स्कोरमा आफ्ना ओपनरहरूको विकेट गुमायो । फाफ डु प्लेसिस आठ र अनुज रावत खाता नखोलेर पभिलियन फर्किए । यसपछि विराट र ग्लेन म्याक्सवेलले इनिङ्सलाई एकसाथ सम्हाल्ने प्रयास गरे तर ललित यादवको सटीक थ्रोमा कोहली १२ रनमा रनआउट भए। तर, यसपछि म्याक्सवेलले खेल सम्हाल्दै ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे । कुलदीपले म्याक्सवेललाई ५५ रन बनाएर आउट पारे ।

आरसीबीले १२ औं ओभरमा ९२ रनमा पाँच विकेट गुमाएको थियो र समस्यामा परेको थियो । तर दिनेश कार्तिक र शाहबाजले छैटौं विकेटका लागि ९७ रनको अटूट र बलियो साझेदारी गर्दै टोलीको स्कोर १८९ रनमा पुर्याएका थिए । कार्तिक ३४ बलमा ६६ रनमा अविजित रहे भने शाहबाजले २१ बलमा ३२ रन बनाए । दिल्लीका शार्दुल(अक्षर(खलिल र कुलदीपले समान एक–एक विकेट लिए ।