२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो ।

विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसक्नुभएको छ ।

मेगा बैंकको स्थापनादेखि नै नायब महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको बाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा चार बर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हाल्नु भएकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

३१ बर्षको बैंकिङ सेवामा ४ बर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंक नेपाल लिमिटेडमा १२ बर्ष भन्दा बढी अवधि सेवा गर्नुभएकी खुञ्जेलीलाई यस बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उहाँको उज्ज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिनुभयो । आफ्नो चार बर्षे कार्यकाल पूरा गरी बिदा हुनुभएकी खुञ्जेलीको सम्मानमा बैंकले बिदाई समारोहको आयोजना गर्ने पोखरेलले बताउनुभयो ।