२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो च्याम्पियन



अ+ अ-

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

खेलमा आर्मीले पहिलो सेट २६–२४ ले जित्दा हेल्प नेपालले दोस्रो सेट २५–१७ ले आफ्नो बनायो ।

तेस्रो सेटमा आर्मीले २५–१८ ले आफ्नो पक्षमा पार्दा त्यसपछि चौंथो सेटमा ३३–३१ को संघर्षपूर्ण जित निकाल्दै आर्मी च्याम्पियन बनेको हो । 

च्याम्पियनसिपको महिला र पुरुष दुबै तर्फको विजेताले ४ लाख प्राप्त गरे । यस्तै उपविजेताले २ लाख  प्राप्त गरे भने तेस्रोले १ लाख पुरस्कार पाए । 

यो पनिः एपीएफलाई हराउँदै न्यु डायमन्डले जित्यो महिलातर्फको एनभीए भलिबलको उपाधि