२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकारात्मक सोचबाट सफलता प्राप्त हुन्छ : प्रदेश प्रमुख गुरुङ



अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने बताउनुभएको छ ।

मानव मिलन संस्था पोखराको २७औँ स्थापना दिवस एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मानव सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताउनुभयो ।

झुटो नबोली, भ्रष्टाचारका क्रियाकलापमा नलागी असल कार्यमा लाग्नुपर्नेमा जोड दिँदै प्रमुख गुरुङले मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजको अमृतवाणीको अनुशरण गर्न सके पनि जीवन सुखमय हुने विश्वास व्यक्त गर्नुभयो ।

मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजले संस्थाको स्थापनाकालको स्मरण गर्दै कुनै अनुष्ठान गर्नु धर्म नभई आफैँ शान्त रहन सक्नु धर्म भएको बताउनुभयो । अहिंसा गर्नु नै धर्म हो निःस्वार्थ भावनाबाट गरिने सेवाले मात्र मानवमा आत्मसन्तुष्टि मिल्नेमा उहाँको जोड थियो ।

कांग्रेस नेता शुक्रराज शर्माले सानो कुराबाट पनि साधनामा जुट्न सकिने बताउँदै नासवान नहुने वस्तु प्राप्त गर्ने भनेको भगवान्को सानिध्यता नै भएको धारणा व्यक्त गर्नुभयो । मानव मिलन महिला विभागको अन्तर्राष्ट्रिय सचिव सावित्री शर्माले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आर्थिक सङ्कलन गरी संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको बताउँनुभयो । निकट भविष्यमै अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कमला शर्मा र सचिव नम्रता बराललगायतले संस्थाको लक्ष्य प्राप्तिका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।