२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बालुवाटारको शासन उनकै कारण अन्त्य भयो : पाण्डे



अ+ अ-

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा  उहाँले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाउनुभयो । 

एकीकृत समाजवादीले युवा, विद्यार्थीको सङ्गठन विस्तार गरेको जनाएको छ । पार्टीका प्रशिक्षण कार्यक्रम सञ्चालनपछि सङ्गठन विस्तारका काम अगाडि बढाउने सो पार्टीले जनाएको छ ।