२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारविरुद्ध जसपाले गर्यो राँके जुलुससहित प्रदर्शन



अ+ अ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले राँके जुलुस प्रदर्शन गरेको छ।  प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा शनिबार साँझ  जसपनले राँके जुलुस प्रदर्शन गरेको हो । 

जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का ८ वटै जिल्लाका सदरमुकामहरू जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौरलगायतमा राँके जुलुस निकालेका हुन् ।  प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैनलगायतका नारा लगाएका थिए।

गत बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल खरिदका कागजात जफल गरेको थियो।

बेनामे कम्पनीका गुणस्तरहीन साइकल खरिद गरी व्यापक अनियमितता गरिएको जनगुनासो आएपछि अख्तियारले छापा मारेको हो। 

त्यसैको विरोधमा जसपा प्रदेश २ कमिटीले आन्दोलन घोषणा गरेको हो।  आन्दोलनअन्तर्गत भोलि आइतबार प्रदेश २ का जिल्लामा अख्तियारविरुद्ध जुलुस प्रदर्शन गरिने जसपाले जनाएको छ।