१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै गृहनगरमा देउवालाई धक्का



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बूढानीलकण्ठमा कांग्रेस नेता गगन थापा निकट नेता विजयी भएका छन् । शनिबार भएको अधिवेशनबाट बूढानीलकण्ठ नगरपालिकाको कांग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् ।

उनले १५५ मत ल्याउँदै बुढाथोकी बहुमतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत पाए ।  

काठमाडौंका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ ।

सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी साथै सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।